तीन दलीय निरंकुशताको विराेध भन्दै देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालले वक्तव्य जारी गरकाे छ । हालै सरकारद्वारा तीन दलको सहमतिमा साना दलहरुलाई समाप्त पार्ने उद्धेश्यका साथ विधेयक गरिएकाे प्रति माेर्चाले अापत्ति जनाएकाे छ ।
संसदीय निर्वाचन हुँदा प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्ड, प्रत्यक्ष चुनाव जित अनिवार्य लगायतका विषयहरूमा विराेध सम्बन्धि निकालेकाे वक्तव्यमा सिपी गजुरेलकाे हस्ताक्षर छ ।
वक्तव्यमा भनिएकाे छ,- “तीन दलको सिण्डिकेट”, “तीन दलको तानाशाही” ले देशलाई निरंकुशतातिर अघि बढाइरहेको र देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता समाप्त पार्ने काम गरिरहेको चर्चा व्यापक चलिरहेको र त्यसको बिरोध पनि भैरहेको सन्दर्भमा तिनवटै दलहरु मिलेर प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्ड, प्रत्यक्षमा चुनाव जितेकै हुनुपर्ने आदि विषयहरु अनिवार्य बनाई यो विधेयक ल्याइनु र पारित गरिनुले उक्त भनाईको सत्यता प्रमाणित भएको छ । संसदको विद्यमान् अंकगणित अनुसार संसदबाट यो विधेयक पारित भएको छ । जसकारण अन्य राजनीतिक दलहरु एक प्रकारले प्रतिवन्धित हुनपुगेका छन् र देश “लोकतान्त्रिक गणतन्त्र”को नाममा दुई वा तीन दलीय निरंकुशतातिर गएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij