२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अस्पतालको पेटीबाट सविनाको प्रश्न : ‘आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?’

अस्पतालको पेटीबाट सविनाको प्रश्न : ‘आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?’

काठमाडौं – चार दिनदेखि सुत्केरी भएकी समाखुसीकी सविना नाज अस्पतालको पेटीमै सुत्छिन् ।

थापाथलिस्थित प्रसुतिगृहमा उनको उपचार चलिरहेको छ । आजको कान्तिपुरमा खबर छ ।

अस्पतालको आकस्मिक कक्षमा वेड नपाएपछि चारदिने शिशु लिएर पेटीमै सुत्नु परेको उनले सुनाइन् ।

उनले भनिन्,
-रातभरि लामखुट्टेले टोक्छ ।
-आमा बच्चा दुवै निदाउन पाएका छैनौं ।
-डाक्टर पनि पेटीमा सुत्ने बिरामीलाई खासै हेर्न आउँदैनन् ।
-पेटी नजिकैको शौचालय गन्हाएर खाना खान र आराम गर्न पनि सकेको छैन ।
-धेरै पटक डाक्टर र नर्ससँग झगडा पर्यो ।
-सुत्केरी भएपछि रेफर गर्न मिल्दैन भन्छन् ।
-आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?

प्रसुतिगृहमा दिनानुदिन सुत्केरी हुन आउने महिलाको चाप बढ्दो छ । सुत्केरी हुन दैनि ८० जना नयाँ महिला थपिने अस्पताल प्रशासनको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij