२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

७ माघभित्र सबै निर्वाचन गराउन सर्वोच्चको परमादेश

७ माघभित्र सबै निर्वाचन गराउन सर्वोच्चको परमादेश


काठमाडौं । सर्वोच्च अदालतले अबिलम्ब राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाको निर्वाचनसम्बन्धी कानून बनाएर ७ माघभित्र सबै निर्वाचन गराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले १९ भदौमा परमादेश जारी गर्दै निर्वाचनसम्बन्धी सबै कानून बनाउन सरकारलाई आदेश दिएको हो । सर्वोच्चको परमादेशले ७ माघभित्र सबै निर्वाचनहरु गर्न अनिवार्य भएको रिट निवेदन दायर गरेका कानूनव्यवसायी चन्द्रकान्त मैनालीले बताए ।

सर्वोच्चले संघीय संसद र प्रदेश सभाको निर्वाचन पनि अब सार्न नमिल्ने ज्ञवाली बताउँछन् । सरकारले तोकेकै १० र २१ मंसिरमै संघीय संसद् र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।

त्यस्तै राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानून बनाएर ७ माघ भित्र नै निर्वाचन गरिसक्न सर्वोच्चमा परमादेशमा उल्लेख छ ।

कानूनव्यवसायी ज्ञवालीसहित विमल ज्ञवाली, लीला उपाध्याय र शशीकुमार कार्कीले २० असोज, २०७३ मा सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले संघीय संसद, प्रदेशसभा, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानून बनाएर ७ माघ भित्र निर्वाचन गर्न/गराउन परमादेशको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij