
काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरिया विरुद्ध सम्भव भएसम्मको सबैभन्दा कडा कारबाहीको लागि सुरक्षा परिषद्लाई आह्वान गरेकी छिन् ।
उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्नको लागि २४ वर्षदेखि गरिएको कुटनैतिक प्रयास विफल भएको र अब धैर्यको सीमा पनि अन्त्य हुँदै गएको हेलीले बताइन् ।
यसका साथै उनले उत्तर कोरियाली नेता किम जोङ् उनको व्यवहारले युद्धलाई बोलाइरहेको भन्दै अमेरिकाको धैर्यता सीमित रहेको समेत चेतावनी दिएकी छिन् ।
उत्तर कोरियाको निकै नजिकको मित्र मानिएको चीनका राजदूतले भने कोरियाली प्रायद्विपमा युद्ध र विनाश हुन नदिने बताउँदै सबै पक्षलाई वार्ताका लागि आह्वान गरे ।
उत्तर कोरियाले गरेको पछिल्लो परमाणु परीक्षणबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक सोमबार बेलुकी बसेको थियो ।
सुरक्षा परिषद्का पाँचै स्थायी सदस्यले उक्त परीक्षणको निन्दा गरिसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij