२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ब्रिक्समा उत्तर कोरियाकै चर्चा : भारतलाई पाकिस्तानकै तनाव

ब्रिक्समा उत्तर कोरियाकै चर्चा : भारतलाई पाकिस्तानकै तनाव

बढ्दो भुराजनीतिक तनावबीच ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समुह ब्रिक्सका नेताहरुको सम्मेलन चीनको सियामेनमा जारी छ ।

सम्मेलनमा विश्वका तीब्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५ देशका नेता एउटै मञ्चमा उभिएका छन् । आईतबार सुरु ३ दिने सम्मेलनमा आर्थिकसम्बन्ध सबैभन्दा महत्वपुर्ण मुद्धा हुने बताए पनि उत्तर कोरियाको हाईड्रोजन बम परक्षणले बैठकलार्य प्रभावित पारेको जनाईएको छ ।

यसले तथा भारत र चीनबीचको सीमाका कारण उत्पन्न तनावलाई समेत ओझेल पारेको सञ्चारमाध्यमले जनाएको छ । सम्मेलनको क्रममा खासगरी आर्थिक तथा ब्यापारिक विस्तार कोरियाली प्रायद्धीपमा जारी तनाव, बेल्ड एण्ड रोड ईनिसिएटिभ तथा नयाँ विकास बैंक सम्बन्धी मुद्धा प्राथमिकता साथ उठेका छन् ।

भारतलाई पाकिस्तानकै तनाव 

चीनमा जारी सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले उर्जा तथा सीमापार आतंकवादका विषयमा प्राथमिकता साथ उठाएका छन् । ब्रिक्सको ९ औं सम्मेलनमा बोल्दै मोदीले भने, उर्जाको सस्तो, भरपर्दो र दिगो पहुँच ने हाम्रो विकासको आधार हो । नवीकरणीइ उर्जा खासगरी महत्वपुर्ण छ । व्रिक्स देशले पाकिस्तानले आंकवादी समुह लस्कर ए—तईवा र जैस ए—मोहम्मले ईस्लामिक स्टटेलाई सहयोग पुर्याएको भन्दै आलोचना गरेका छन्  । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij