सोल । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ ।
दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो दुरीको हाइम्बु नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकासतिर हानेको थियो । पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरुले सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।
दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेको भिडियोमा उक्त क्षेप्यास्त्र हानेको दृश्य कैँद गरिएको छ । उक्त भिडियोमा दक्षिण कोरियाको एफ१५ लडाकू बिमानले जमिनबाट आकासमा हानेका क्षेप्यास्त्रका दृश्यहरु देखिएको छ ।
यसलाई उनीहरुले नै छोटो दुरीको भनी व्याख्या गरेका छन् । लम्बाई कति सम्म हो भन्ने बारेमा पनि उनीहरुले उक्त भिडियो वा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन् ।
देशको पूर्वी समुद्रमा सो ब्यालेस्टिक क्षेप्यास्त्रको लक्ष बनाइएको थियो । क्षेप्यास्त्रको परीक्षण सफल भएको र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेनाका प्रमुखले जनाएको भन्दै समाचारमा उल्लेख गरिएको छ ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।
केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । त्यस यता पनि उत्तरले यस क्रमलाई निरन्तरता दिएको छ । एएफपी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij