पोखराको पाँचतारे फुलबारी रिसोर्ट एन्ड स्पा सञ्चालन गर्नुअघि सरसफाइ, रङरोगन र मर्मतसम्भार गर्न मात्र १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
यो रिसोर्ट बन्द भएको ६ महिना भइसकेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
लामो समयदेखि बन्द हुँदा होटल पुन रिसोर्टका कोठा, भवनको भित्रबाहिर सरसफाइ र रङरोगन, स्वीमिङ पुल मर्मत र गार्डेन बनाउँदा १० करोड लाग्ने अनुमान रिसोर्ट व्यवस्थापन पक्षको छ । चार सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा एक सय ६४ कोठा छन् ।
एक सय ४० कर्मचारी दिनहुँ व्यस्त हुने र सयौं पर्यटक आउजाउ गर्ने देशकै सुविधासम्पन्न होटल मजदुर आन्दोलनका कारण सुनसान छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij