काठमाडौं । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए ।
राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सो को अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि जारी राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए ।
नाडाका महासचिब कृष्ण प्रसाद दुलालले रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा भइरहेको रगत अभावलाई ध्यान दिंदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए ।

१३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि अाजकाे नाडाले अायाेजना गरेकाे रक्तदानबाट रगत दान गरेकी थिइन् ।