२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

युवा शशक्तिकरण अभियान सीपमूलक कार्यक्रमकाे निम्ति प्लेटफर्मकाे रूपमा विकास हुँदै

युवा शशक्तिकरण अभियान सीपमूलक कार्यक्रमकाे निम्ति प्लेटफर्मकाे रूपमा विकास हुँदै

युवा सशक्तिकरण राष्ट्रिय अभियानकाे अाजकाे कार्यक्रम घरायसी महिलालार्इ लक्षित गरी कसरी दिउँसाेकाे समयमा फुर्सदमा रहने महिलालार्इ उद्यमशिल बनाउन सकिन्छ ? यसकाे निम्ति महिलालार्इ कस्ता सीपहरू सिकाउन उपयुक्त हुन्छ ? भन्ने सम्बन्धमा केन्द्रीत रह्याे ।

खासगरी महिलालार्इ उपयुक्त    हुने मस्याैरा, पापड तथा चाउचाउ लगायतका वस्तुहरू कसरी निर्माण गर्ने, गुणस्तरकाे निम्ति के कुरा ख्याल गर्नुपर्छ ? बजारमा प्रतिष्पर्धामा अाउनकाे निम्ति अपनाउनुपर्ने रणनीति, बजारकाे अहिलेकाे अवस्था, नयाँ वस्तु ब्राण्डिङकाे क्रममा अाउन सक्ने चुनाैती, मूल्य निर्धारणकाे माध्यम तथा अाधारहरू, प्याकेजिङ र यसकाे महत्व, अावश्यक उपकरणहरू र तिनका कार्य, वस्तु उत्पादनकाे निम्ति अावश्यक कच्चा पदार्थ, मात्रा तथा उत्पादनका विधिहरू लगायतका विषयहरूमा सैद्दान्तिक पक्षबाट डा. पाेखरेलले चलाउनुभएकाे याे कार्यक्रम पश्चात महिलाहरू निकै नै हाैसला मिलेकाे प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षक डा. गाेविन्द पाेख्रेल द्वारा सञ्चालन गरिएकाे अाजकाे कार्यक्रममा पाेख्रेलले सानाे लगानीबाट सञ्चालन गर्न सकिने र अहिले पनि नेपालमा प्रचलनमा रहेका तर ठूलाे स्केलमा उत्पादन हुन नसकेका वस्तुहरू उत्पादन गर्न् सके नेपालमा यी वस्तुहरूकाे वजार सम्भावना निकै राम्राे रहेकाे उहाँले जानकारी गराउनुभएकाे छ ।

तत्कालकाे निम्ति महिलाहरूले सामान उत्पादन गर्न सकेकाे खण्डमा ती कृषिजन्य सामानहरूकाे बजार ग्यारेन्टी अाफूले गरिदिने समेत पाेख्रेललकाे बताउनुभएकाे छ ।

अाजकाे कार्यक्रममा नेपाली बजारमा सम्भावना रहेकाे मस्याैरा, पापड र चाउचाउकाे बारेमा प्रशिक्षण दिनुभएकाे हाे । डा. पाेखरेलले नेपालमा कर्कलाे, पिंडालु, स्काेस, फर्सी, कुभिण्डाे, मूला लगायतका वस्तुबाट समेत मस्याैरा निर्माण गर्न सकिने कुरा सिकाउनुभएकाे छ । यद्यपि अहिले नेपाली बजारमा अावश्यक अधिकांश मस्याैरा कर्कलाे र दालकाे सम्मिश्रणबाट नै उत्पादन गरिन्छ ।

बजार मूल्य र परिस्थिति हेरेर सामान चयन गर्न सिके महिलाहरूले अाफ्नाे सीपबाट जीवनभर लाभ लिन सक्ने र अार्थिक व्यवस्थापनकाे निम्ति कसैमा भर पर्नु नपर्ने भएकाे कारण यस्ता सीपमूलक कार्यक्रमहरू निकै नै प्रभावकारी रहने पाेखरेलकाे दृष्टिकाेण छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij