काठमाडौं । बडादशैंको लागि २२ भदौदेखि टिकट बुकिङ खुला हुने भएको छ ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवसायीबीच आज बसेको बैठकले काठमाडौंबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि यातायात व्यवसायीले बसमा यात्रुको सामान राख्न छतको व्यवस्था हुनुपर्ने भन्दै टिकट खुलाउन अटेर गर्दै आएका थिए ।
आजको बैठकमा यातायात व्यवस्था विभागले छत राख्ने निर्णयका लागि पहल गर्ने आश्वासन दिएपछि व्यवसायी टिकट खुलाउन सहमत भएका हुन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पुर्याएर समाधान गर्ने आश्वासन दिएका छन् । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij