काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का १ सय ३६ तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उम्मेदवार टुंगो लगाइए पनि बिहीबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं बाहिर रहेकाले शुक्रबारमात्रै सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
चुनावको तयारीका लागि पार्टीले ८ जिल्लाका सबै तहमा प्रचार समिति गठन गरेको, सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रचारलाई तीव्रता दिइएको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको र चुनावमा सबै भातृ संस्थालाई परिचालन गरिएको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij