२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत उत्तिर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत उत्तिर्ण

भक्तपुर । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत बैशाख १० गतेदेखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमित तर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् ।

बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा नियमित तर्फ कुल १ लाख ९३ हजार १ सय २५ जना परीक्षार्थी सहभागी भएकोमा ८१ हजार ७ सय ५८ जना परीक्षार्थी उतीर्ण भएको र ७७ जना परीक्षार्थी निष्काशनमा परेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी आंशिकतर्फ १ लाख ७ हजार ५ सय ६९ जना परीक्षार्थी सहभागी भएकोमा ३८ हजार ४ सय ४४ जना परीक्षार्थी अर्थात ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उतीर्ण भएको नियन्त्रक बतासले जानकारी दिनुभयो ।

परीक्षामा ३८ जना परीक्षार्थी निष्काशनमा परेको उहाँले जानकारी दिनुभयो । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक गरेको थियो ।

नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा नतिजा हेर्न सकिन्छ ।

नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij