२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाल इन्स्योरेन्सका नवनियुक्त डीजीएम बिक्रान्त पाण्डे काे हुन् ? बीमा बजार बारे उनी के भन्छन

नेपाल इन्स्योरेन्सका नवनियुक्त डीजीएम बिक्रान्त पाण्डे काे हुन् ? बीमा बजार बारे उनी के भन्छन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् ।

विक्रान्त पाण्डे, डिजिएम, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड

विशुद्द बीमा क्षेत्रका  करिब १६ बर्षकाे लामाे अनुभव समेटेका पाण्डेकाे नेपाल इन्स्याेरेन्समा प्रवेश सँगै यस कम्पनीले थप उचार्इ कायम गर्ने विश्वास लिर्इएकाे छ । हाल ३९ बर्षका विक्रान्त पाण्डे वीरगञ्ज स्थित गुरूघराना (पाण्डे)  परिवारमा जन्मिएका हुन् । पारिवारिक रूपमा उनकाे परिवारकाे राजपरिवारसँग हजुरबुबाकाे पाला देखि नै सम्पर्क रहँदै अाएकाे बुझ्न सकिन्छ । विक्रान्त पाण्डेकाे परिवारलार्इ हजुरबुबाकाे पालामा राजपरिवारले गुरूघरानाकाे उपाधि दिएबाट पनि याे कुरा बुझ्न सकिन्छ ।

निर्जीजन  बीमा क्षेत्रमा निकै नै गहिराे अनुभव समेटेका पाण्डे नेपालका विभिन्न वीमा कम्पनीहरूमा काम गरेर अहिलेकाे अवस्थामा पुगेका हुन् । शुरूमा मार्केटिङ क्षेत्रबाट नै प्रवेश गरेका पाण्डे सफलताकाे निम्ति सङ्घर्ष र जाेखिमबाट नै सफलता हासिल गर्न सकिने अनुभव समेटेका पात्र हुन् । पछिल्लाे समय  एनएलजी इन्स्याेरेन्समा मार्केटिङ कन्सल्टेन्टकाे रूपमा काम गर्दै अाएका पाण्डे बीमा क्षेत्रका इमान्दार व्यक्तिकाे पहिचान समेत बनाएका छन् ।  एनबी इन्स्योरेन्समा केही समय  कार्यवाहक प्रमुखकाे भूमीकामा रही जिम्मेवारी निर्वाह गरेका पाण्डेकाे बीमा क्षेत्रमा प्रवेश भने  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट भएकाे हाे ।

हाल मीनभवनमा  बस्दै अाएका पाण्डे निर्जीवन बीमाकाे क्षेत्रमा एक खारिएका प्रतिभाशाली व्यक्ति हुन् । अाफ्नाे काममा नै रमाउने स्वभावका पाण्डे पछिल्लाे समय विस्तार हुँदै गएकाे कर्पाेरेट संस्कारमा वीमाकाे महत्व अपरिहार्य रहेकाे बताउँछन् । उनी भन्छन्  ‘insurance is the back bone of this financial world.’

 

जनतालार्इ महत्व बुझाउन सक्नुपर्छ ः

पाण्डेका अनुसार नेपालमा बीमा क्षेत्रकाे सम्भावना नभएकाे हाेइन । अागामी दिनमा निकै राम्राे सम्भावना छ । यद्यपि अहिले सम्म पनि नेपाली जनताहरूलार्इ वीमा क्षेत्रकाे बारेमा जति बुझाउन सक्नुपर्ने हाे, त्यस बमाेजिम यस क्षेत्रकाे महत्व बुझाउँदै बीमा क्षेत्रमा नेपाली विभिन्न तहका (सामान्य देखि उच्च व्यापारिक) व्यक्तिहरूलार्इ यस क्षेत्रमा संलग्न गराउने क्रममा भने राज्य पक्ष तथा निजी बीमा कम्पनी लगायत सबै पक्षकाे कमजाेरी भने रहेकाे नै छ ।

बीमाकाे महत्व सम्बन्धमा के भन्छन् पाण्डे ?

– INSURANCE provides SOCIAL security to our society even in ACT OF GOD.

Like earth quake, flooding which we NEPALESE has recently faced.

– INSURANCE IS THE LAST FINANCIAL RESORT of all ACCIDENTS.

INSURANCE IS trust for investments.

 

-INSURANCE IS not charity, donation or aid it is simply RISK transfer mechanism.

– Without insurance investments is not possible and without investments employments is not possible . So it has VERY BIG role in our society.

जहाँ बिमा हुन्छ, त्यहाँ लगानी सुरक्षित हुने प्रत्याभुति गर्न सकिने भएकाे कारण व्यवसाय गर्नुपूर्व विमा गर्ने हाे भने सम्बन्धित उद्याेगीले कुनै जाेखिम लिनु नपर्ने भएकाे कारण बिमाकाे महत्व पछिल्ला दिनहरूमा बढ्दै गएकाे छ । यद्यपि राज्यले चाहेर पनि साेही बमाेजिम नीतिगत लगायतका विभिन्न समस्याकाे कारण काम गर्न नसक्दा नेपालमा बीमा क्षेत्र जुन रूपमा विस्तार हुुनुपर्ने थियाे, त्याे हुन नसकेकाे पाण्डेकाे ठम्यार्इ छ । पछिल्लाे समय बिना बिमा व्यवसाय विस्तार गर्न नसकिने साथै बजार र पुँजी परिचालन हुुन पनि नसक्ने समेत भएकाे हुँदा बीमा सबैकाे लागि अपरिहार्य बनेकाे छ ।

बीमा सम्बन्धमा पाण्डेकाे अनुभव ः

बीमा क्षेत्रमा २ भिन्न पक्षहरू जाेडिएका हुन्छन् । एउटा सैद्दान्तिक पक्ष हाे भने अर्काे व्यावहारिक पक्ष । यी दुवैकाे उपयुक्त संयाेजन हुन सकेमात्र बीमा क्षेत्र बलियाे बन्न सक्ने नवनियुक्त  नायव महाप्रवन्धक पाण्डेले राम्राे सँग बुझेका छन् ।

अबकाे बीमा बजार कुन क्षेत्रमा केन्द्रीत हुनुपर्छ ?

पाण्डेले नेपालमा स्वास्थ्य बीमालार्इ अबकाे पहिलाे प्राथमिकतामा राख्नुपर्ने  अावश्यकता देखेका छन्  । नेपालमा यसकाे राम्राे सम्भावना पनि छ । उपचारकाे अभावमा विरामीहरू अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्था रहेकाे अहिलेकाे अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमले निम्न र मध्यम स्तरका नेपालीहरूकाे निम्ति निकै नै प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ ।

बीमा कम्पनीहरूकाे दाेस्राे प्राथमिकतामा कृषि बीमा रहनुपर्ने पाण्डेकाे ठम्यार्इ छ । पशु बीमा र बाली बीमा अहिले सम्म  जुन रूपमा प्रभावकारी हुनुपर्ने हाे, त्याे हुन सककाे छैन । यस्ताे अवस्थामा यसलार्इ धेरैकाे पहुँचमा लैजानकाे निम्ति राज्य पक्षले नीतिगत रूपमा पनि केही सुधार गर्नुपर्ने अावश्यकता छ । यद्यपि अागामी दिनमा भने यस क्षेत्रकाे निकै राम्राे सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij