सिङ्गापुरमा अायाेजित एक कार्यक्रमबीच नेपालकाे तर्फबाट पर्यटन क्षेत्रमा काम गर्दै अाएकाे रिभर फन विच रिर्सोटले एसियन लाइफ स्टाइल टुरिजम अर्वाड २०१७ प्राप्त गरेकाे छ । याे अवार्ड रिसाेर्टका सञ्चालकहरू राजन सिंखडा र संकर अधिकारीले ग्रहण गर्नुभएकाे थियाे । याे पुरष्कार सिंगापुरको एशिया लिडिङ रिसोर्ट ईंकले सातौं पटक आयोजना गरेको बताइएकाे छ । पुरष्कार भदाै ५ गते प्रदान गरिएकाे हाे
।
खासगरी एसिया क्षेत्रमा पर्यटन प्रवर्धनकाे निम्ति काम गर्ने उद्यमशिल व्यक्ति तथा उत्कृष्ट संस्थाहरूलार्इ विभिन्न विधामा याे पुरष्कार प्रदान गरिने काठमाडाैंमा अायाेजित पत्रकार सम्मेलनमा रिसाेर्टका सञ्चालक राजन सिंखडाले बताउनुभयाे ।
अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकाे याे रिसाेर्ट पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन क्षेत्रबाट ५ किलाेमिटर अगाडि सञ्चालित छ । जुन र्र्याफ्टिङ, स्वीमिङ र क्याम्पिङकाे लागि प्रख्यात छ । 
पत्रकार सम्मेलनमा नेपालका सञ्चार माध्यमले पर्यटनकाे प्रचारप्रसारकाे निम्ति गरेकाे सहयाेगकाे सराहना समेत गरे । तैपनि नेपालका ठूला सञ्चार माध्यमले भने प्रयाप्त स्थान दिन नसकेकाे बारे समेत कुरा उठाएका छन् ।
उक्त रिसाेर्टकाे प्रचारप्रसारकाे लागि नेपालमा वेभसार्इट, साेसियल मिडिया, अनलार्इन मिडिया, रिसाेर्टकाे अाफ्नै सञ्जालकाे अलावा कसैकाे रिफर लगायतका माध्यमबाट पर्यटकहरू उक्त क्षेत्रमा जाने गरेकाे बतार्इएकाे छ ।
यद्यपि नेपालकाे विकासकाे निम्ति कृषि, पर्यटन र जलविद्युतलार्इ नै लिने गरिएपनि नेपालमा पर्यटन क्षाेत्र भने जहिले पिन लङ्गडाे नै रहँदै अाएकाे समेत सिंखडाले बताउनुभएकाे छ । उहाँका अनुसार राज्यले पर्यटन प्रवद्धनकाे निम्ति लामाे समय देखि नै कुनै उपलब्धिमूलक कार्य गर्न सकेकाे छैन । पछिल्लाे समय चितवनकाे पर्यटन खस्कनुमा सडक नै मुख्य समस्या रहेकाे समेत सिंखडाले बताउनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij