२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अखिल क्रान्तिकारीको चुनावमा तामाङ र शर्मा मात्रै चुनावी मैदानमा

अखिल क्रान्तिकारीको चुनावमा तामाङ र शर्मा मात्रै चुनावी मैदानमा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका मदन अर्याल अन्ततः रेसबाट बाहिरिएका छन् । उम्मेदवार मनोनयन दर्ता गरी निश्चित समयभित्र उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका अर्यालले मतदान हुनु भन्दा अघि रेसबाट बाहिरिएका हुन् । 

इतिहासमै पहिलो पटक मतदानबाट नेतृत्व चयन गर्न लागेको क्रान्तिकारी विद्यार्थी संगठनमा सहमति जुटाउनकै लागि मंगलबार निर्धारित मतदानको समय बुधबारका लागि सारिएको थियो । अध्यक्षका लागि तीनै जनाले दाबेदारी नछाडी मनोनयन दर्ता गराएका थिए । लामो प्रयासपछि अर्याल रेसबाट बाहिरिएपछि तामाङ र शर्माबीच मात्रै प्रतिष्पर्धा हुने भएको छ ।

यससँगै मतदानबाट नै विद्यार्थी नेतृत्वको फैसला हुने भएको हो । पार्टी नेतृत्वलाई कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप लागिरहँदा मंगलबार विहान पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति जारी गरी पार्टीको कोही पनि आधिकारिक उम्मेदवार नभएको जनाएकी थिइन् । नेतृत्वको रेसबाट बाहिरिएका अर्यालले तामाङको समर्थत जनाएका छन् ।  स्रोतकाअनुसार रञ्जितलाई जिताउनकै लागि अर्याललाई फिर्ता गराई तामाङको समर्थन जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij