२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ग्रिसमा थुनिएका ५ नेपाली फर्किए

ग्रिसमा थुनिएका ५ नेपाली फर्किए


काठमाडौं । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको जेलबाट उद्धार गरेर नेपाल फर्काइएको छ । दुई महिना पहिलेदेखि ग्रिसको जेलमा थुनिएका सिन्धुलीका तुलसी धमला, नवलपरासीका यमबहादुर गुरुङ र वेनिराम महतो, पर्वतका सवी गुरुङ र लाकेन्द्र नेवार घर फर्किएका हुन् । उनीहरुलाई फ्रान्सस्थित नेपाली दूतावासको पहलमा ग्रिस सरकारले हवाई टिकट र एक हजार डलर खर्च दिएर नेपाल फर्काएको हो ।

इराकबाट जर्मनी हिंडेका पाँच जना दुई महिना पहिले टर्की हुँदै ग्रिस पुगेका थिए । ग्रिसबाट जर्मनी जाने तयारी भैरहँदा लेभोस टापुबाट प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।

पहिले यसैगरि साथी जर्मनी पुगेकाले उनीहरु पनि समुद्रीबाटो भएर इराकहुँदै ग्रिस पुगेका थिए । ग्रिसमा पक्राउ परेपछि प्रहरीले नेपाली दूतावासबाट नेपाली हो भन्ने प्रमाणसहितको पत्र ल्याए छाडिदिने बताएको थियो । पछि दूतावासले पत्र पठाउँदै नेपाल फर्काइदिन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij