२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

स्नायू विशेषज्ञका कुराः रक्सी पिएको एक घण्टाभित्र शरिर र दिमागमा हुन्छ यस्तो असर

स्नायू विशेषज्ञका कुराः रक्सी पिएको एक घण्टाभित्र शरिर र दिमागमा हुन्छ यस्तो असर

रक्सीको ३० मिलिलिटर को एक पेगमा सय क्यालोरी हुन्छ । यदि सिमित मात्रामा नपिए तौल निकै चाँडै बढ्ने गर्दछ । तर यसको यहि एउटा नराम्रो पक्ष भने होइन । यसलाई खाली पेटमा र धेरै मात्रामा पिउँदा विभिन्न प्रकारका स्वास्थ्य समस्या निम्तिने गर्दछ । बम्बे हस्पिटलका स्नायू विशेषज्ञ डा. अतुल तापडियाले रक्सी पिएको एक घण्टाभित्र शरिरमा हुने असर बारे बताएका छन् । साथै टाउकोदेखि खुट्टासम्म शरिरका विभिन्न अंगमा यसको नकारात्मक असर बारे पनि जानकारी दिएका छन् ।

रक्सी पिउने बित्तिकै दिमागमा डोपामाइन हर्मोन रिलिज हुन्छ ।

डोपामाइनले के गर्छ ?

डोपामाइनले रक्तसंचारमा वृद्धि गर्दछ जसले रक्तचापको स्तर बढाउन सक्छ । साथै, मुटुको धड्कन पनि बढाउँछ ।

जब मादक पदार्थको असर बढ्न थाल्छ तब…

रगतमा सुगरको स्तर कम हुने गर्दछ जसका कारण आँखा धमिलो हुन थाल्छ र फोकस कम हुन थाल्छ ।

जब शरिरमा रक्सीमा मात्रा बढ्न थाल्छ तब…

कार्टिसोल हर्मोनको स्तर बढ्छ । यसले स्ट्रेस पनि बढ्न थाल्छ ।

रक्सी पिउँदाका १० नोक्सानीः

दिमागमाः

– स्ट्रोकको समस्या हुनसक्छ ।

– स्मरणशक्ति क्षीण हुनसक्छ ।

आँखामाः

– आँखा धमिलो हुनसक्छ ।

– आँखा रातो पनि हुनसक्छ ।

मुखः

– मुखको क्यान्सर हुनसक्छ ।

गलाः

– गलाको क्यान्सर हुनसक्छ ।

– मुखबाट रगत आउन सक्छ ।

फोक्सोः

– सास फेर्न समस्या हुनसक्छ ।

मुटुः

– रक्तचाप बढ्छ ।

– मुटुको धड्कन अनियमित हुन्छ ।

कलेजोः

– कलेजो खराब हुनसक्छ ।

– कलेजोमा बोसो जम्न सक्छ ।

पेटः

– अपचको समस्या हुनसक्छ ।

– एसिडिटी हुनसक्छ ।

हड्डीः

– हड्डी कमजोर हुनसक्छ ।

– सजिलै टुट्नसक्छ ।

मांसपेशीः

– मांसपेशी कमजोर हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij