२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अखिल क्रान्तिकारीको अध्यक्षमा शर्मा र तामाङबीच प्रतिस्पर्धा चर्काे

अखिल क्रान्तिकारीको अध्यक्षमा शर्मा र तामाङबीच प्रतिस्पर्धा चर्काे

काठमाडौं– माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि अनिल शर्मा र रञ्जित तामाङबीच प्रतिस्पर्धा हुने भएको छ ।  नयाँ नेतृत्व चुन्न मंगलबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यकतालिका अनुसार आज मध्यान्ह १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, १२ देखि ५ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध पेश गर्ने, अपरान्ह ७ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने,  साँझ ७ः३० देखि ११ बजेसम्म सबै पदका लागि उम्मेदवार मनोनयन गर्ने र भोलि दिउँसो १ बजे उम्मेदवारको अन्तिम सूचि प्रकाशन गरिने छ । 

यस्तै सोमबार दिउँसो  १ देखि २ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली उपर दावी विरोध गर्ने,  २ः३० बजे मनोनयनपत्रको जाँचबुझ गर्ने, ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, ४ देखि ६ बजेसम्म उम्म्ेदवारको नाम फिर्ता लिने तथा साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर भोलिपल्ट बिहान ९ देखि ४ बजेसम्म मतदान हुन निर्वाचन समितिले जनाएको छ ।
यसअघि अध्यक्षमा दाबी गरेका रामचन्द्र अधिकारी,सुरेन्द्र बस्नेत  बीरेन्द्र बस्नेत, मदन अर्याल र  पञ्चा सिंहले उम्मेदवारी नदिने भएपछि शर्मा र तामाङबीच प्रतिस्पर्धा हुन  लागेको हो ।   क्रान्तिकारीभित्र  अनिल शर्मा सशक्त उम्मेदवार रहेको बताइएकाे छ ।

२ हजार ३४ प्रतिनिधि सहभागि सम्मेलनबाट ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् ।
स्मरण रहोस्, क्रान्तिकारीमा चुनावमार्फत् नेतृत्व छान्न लागिएको यो इतिहासमै पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij