२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बुढानिलकण्ठ नगरपालिकामा वृक्षारोपण, प्रभु बैंककाे सहयाेग

बुढानिलकण्ठ नगरपालिकामा वृक्षारोपण, प्रभु बैंककाे सहयाेग

“Clean and Green Budhanilkantha” भन्ने नाराका साथ प्रभु बैंक लिमिटेडको सहयोगमा बुढानिलकण्ठ नगरपालिका तथा प्रभु बैंकको संयुक्त आयोजनामा काठमाडांैको बुढानिलकण्ठ नगरपालिका स्थित बाँसवारी देखि गणेशचोक सम्मको मुल सडकको दायाँबायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेल र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाटन गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोग प्रति हार्दिकतापुर्वक आभार प्रकट गरेका थिए ।


कार्यक्रममा मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने कुरा बताए ।

यस कार्यक्र अायाेजना भएकाेमा उपस्थित स्थानीयहरु समेत  निकै उत्साहित भएका छन् । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij