कैलाली । कैलालीको धनगढीदेखि डोटीको विपिनगरका लागि छुटेको बस सोमबार दिउँसो कैलालीको चुरे गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् ।
कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस चुरे गाँउपालिकाको वडा नम्बर ५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । ज्यान जानेमा डोटी जोरायल गाउँपालिका वडा नम्बर ५ का ७० वर्षका नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ की ४८ वर्षकी दुर्गा देवी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले जनकारी दिनुभयो ।
घाइते सबैको अत्तरीया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक मगरले बताउनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij