२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू, उम्मेदवारलाई भदौ २१ गतेदेखि मात्र लाग्ने

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू, उम्मेदवारलाई भदौ २१ गतेदेखि मात्र लाग्ने


काठमाडौँ । आजदेखि प्रदेश नम्बर २ मा निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगको पूर्व सूचना अनुसार आचारसंहिता आजदेखि लागू भएको हो। आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने काम गर्न पाइँदैन।

आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ। यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।

यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्थालाई पनि निर्वाचन आचारसंहिता लागू हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ।

निर्वाचनमा भाग लिने उम्मेदवारको हकमा भने भदौ २१ गतेदेखि मात्र आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij