
नवलपरासी । गएको ६ दिनदेखि अबरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड बिहीबार बिहान ७ बजेदेखि खुलेको छ ।
जिल्ला प्रशासनको पहलमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका ५०/५० जना जवान परिचालन गरी बुधबार डाईभर्सन बनाउने काम गरिएको हो । डाइभर्सन बनाउने काम सकिएपछि बिहीबार बिहान ७ बजेदेखि गाडी चल्न थालेका छन् ।
एक्साभेटरको प्रयोगगरी सडक खुलाउने प्रयास हुँदै आएपनि वर्षाका कारण लगातार गइरहेको पहिरोले गाह्रो भइरहेको थियो । पहिरोका कारण दाउन्नेमा झण्डै ६० मिटर पिच सडक भासिएपछि पूर्व–पश्चिम आवागमन साउन २७ गते गतेदेखि पूर्ण रुपमा ठप्प बनेको थियो ।
डाइभर्सन बनाएर अहिले एकतर्फी रुपमा बाटो खुलाइएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij