
काठमाडौं। फिलिपिन्सको उत्तरी बुलाकन प्रान्तमा लागुऔषध तस्करविरुद्धको कारबाहीमा ३२ जना मारिएका छन् ।
लागुऔषध तस्करविरुद्धको कारबाहीमा एकैदिन यति धेरैको मृत्यृ भएको पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् ।
मंगलबार राजधानी मनिलादेखि उत्तरी क्षेत्रमा हतियारधारी शंकास्पद लागुऔषध तस्करहरुविरुद्ध प्रहरीले छापा मारेको थियो ।
१०० भन्दा बढीलाई पक्राउ गरिएको र ठूलो परिमाणमा लागुऔषध र हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति रोड्रिग्गो डुटेर्तेले लागुऔषध तस्करविरुद्ध सन् २०१६ देखि सुरु गरेको विवादास्पद अभियानपछि हजारौंको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij