काठमाडौं ।लियोनल मेस्सीले नेइमारलाई बार्सिलोनामै राख्नका लागि बालोन डी’ओर दिलाउने प्रतिबद्धता जनाएको स्पेनिस पत्रिका डाएरिओ स्पोर्टसले दाबी गरेको छ ।
गएको जुलाईमा बार्सिलोनाको प्रि–सिजन भ्रमण अन्तर्गत अमेरिकाको न्यु जर्सीमा होटमा सँगै बसेका बेला मेस्सीले नेइमारलाई बार्सिलोनामै बस्ने भए बालोन डी’ओर दिलाउने वातावरण आफूले बनाइदिने बताएका दाबी छ ।
मेस्सीले नेइमारलाई ‘तिमी के चाहन्छौ ? बालोन डी’ओर, तिमीले बालोन डी’ओर पाउने अवस्था म बनाइदिन्छु’ भनेको स्पोर्टस इभान सान एनोनियोले दाबी गरेको छ ।
नेइमारलाई बार्सिलोनामै राख्न र उनलाई चर्चाका केन्द्रमा पार्नका लागि मेस्सीको यो ठूलो प्रयास थियो । त्यसका लागि मेस्सीले नेइमारलाई धेरै फ्रिकिक र पेनाल्टी हान्ने मौका दिने र उनलाई प्लेमेकर बनाइ बालोन डी’ओर दिलाउने मेस्सीको भनाई थियो । तर नेइमार दुई हप्ताअघि विश्व कीर्तिमानी मूल्य २२ करोड युरोमा पिएसजी गए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij