२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पोखरामा पहिरोले घर भत्कायो, ३ जना घाइते

पोखरामा पहिरोले घर भत्कायो, ३ जना घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२६ मा गएराति पहिरोले घर भत्काउँदा ३ जना घाइते भएका छन् । लेखनाथ बरालडाँडामा राति करीब २:३० बजे पहिरो जाँदा कुलदीप बरालको घर भत्केर भाडामा बस्दै आएका एकै परिवारका ३ जना घाइते भएका हुन् ।

पहिरोमा परी वीरबहादुर लामा, उनकी श्रीमती जमुना लामा र छोरा अञ्जन लामा घाइते भएको कास्कीका प्रहरीले जानकारी दिए । उनीहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते तीनै जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

झापा घर भएका लामा केही समयदेखि बरालको घर भाडामा लिएर बस्दै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij