नयाँ दिल्ली । डोकलामको विषयलाई लिएर भारतसँग तनाव बढेको समयमा चीनले यो मामिलामा नेपालको साथ खोज्न थालेको छ । यो विषयलाई लिएर चिनियाँ अधिकारीले नपाली अधिकारीलाई ‘ब्रिफिङ’ गरेका छन् ।
भारतीय अखबार टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार चीनका मिसन उपप्रमुखले यो विषयमा नेपाली नवनिर्वाचि समकक्षिसँगको शिष्टाचार भेटमा डोकलामा विवादमा चर्चा गरेका थिए ।
डोकलामको विवादमा भारतले वार्ताबाट समाधान निकाल्ने प्रयास गरिरहेको छ भने चीनले भारतले पहिला सेना हटाएपछि मात्रै अर्थपूर्ण वार्ता हुने बताइएको छ ।
रिपोर्ट अनुसार चीन र नेपाली अधिकारीबीच काठमाण्डौ र बेइजिङमा पनि यसै किसिमको बैठक भएको छ । भारत ट्रयाक टु डिप्लोमेसीको माध्यमबाट समस्याको समाधानको प्रयासमा लागि परेको बताइएको छ । भारतले केही साता अगाडि अमेरिकी अधिकारीसँग पनि यो विषयमा चर्चा गरेको जनाइएको छ ।
नेपालसँग यो विषयमा छलफल गर्नु चीनका लागि दुई कारणले महत्वपूर्ण मानिएको छ । पहिलो भारत यो विषयमा त्रिपक्षिय आदानप्रदान गर्न इच्छुक रहेको छ भने दोस्रो भारते विगतका केही समयदेखि छिमेकी मुलुक नेपालमा प्रभाव कायम राख्नका लागि संघर्षरत अवस्थाबाट गुज्रिरहेको छ ।
नेपालले चीन र भारतसँथग दईवटा त्रिपक्षिय अवस्थाको बारेमा वार्ता गर्ने इच्छा व्यक्त गर्दै आएको छ । पहिलो पश्चिमी नेपालको लिपुलेक र दोस्रो पूर्वी हिस्ीसाको जिनसिङ चुलीमा । विवादित कालापानी क्षेत्रमा पर्ने लिपुलेकमा भारत र नेपाल दुवैले दावी गर्दै आएका छन् । यो विषयलाई लिएर नेपाल पहिलेदेखिनै चिन्तित रहदै आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१५ मा चीन भ्रमणको समयमा भारतले लिपुलेकको माध्यमबाट चीनसँगको व्यापार बढाउने फैसला लिएका थिए । यो विषयलाई लिएर नेपालमा ठूलो बिरोध भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij