२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

किन मनाइन्छ गाईजात्रा ?

किन मनाइन्छ गाईजात्रा ?

काठमाडौँ । नेपालमा सर्वाधिक लोकप्रिय मानिने जात्राहरूमध्ये एक गाईजात्रा साउन २४ गते मनाइँदैछ । विशेष गरी नेवार समुदायको पर्व मानिने गाईजात्रा वर्षभरि निधन भएका आफन्तजनको सम्झनामा मनाइने चाड हो, जसलाई नेवारी भाषामा सा पारु भनिन्छ । सा पारुको अर्थ नै गाईजात्रा हो । भाद्र कृष्ण प्रतिपदाकै दिन यो चाड मनाइनुको विशेष धार्मिक कारण छ ।

नेवार समुदायको चाड मानिए पनि गाईजात्राका बारेमा पद्मपुराणमा विशद वर्णन गरिएको छ । पद्मपुराणअनुसार भाद्र कृष्ण प्रतिपदाका दिन यमलोकको मुख्य ढोका खुला रहन्छ र यो दिन निधन हुनेहरूले कुनै पनि किसिमको बाधा अवरोध बिना यमलोकमा प्रवेश पाउँछन्, यही शास्त्रीय मान्यताका आधारमा नेवार समुदायले यो चाड भदौ महिनाको कृष्ण पक्षको प्रतिपदाका दिन मनाउन थालेको हो ।

यस्तै प्रसंग गरुड पुराणमा पनि उल्लेख छ ।

गरुड पुराणअनुसार मृत्युलोक मानिने यमलोकका ढोकाहरू यसै दिन खुला हुन्छन् र वर्षभरि निधन भएका मृत आत्माहरूले यमलोकमा प्रवेश पाउने पनि यही दिनलाई मानिएको छ । तसर्थ यो दिन मृतात्माको स्मरण गरी गाईलाई नगर परिक्रमा गराउँदै दान–दक्षिणा गरे मृत व्यक्तिहरूले सोही गाईको पुच्छर समातेर वैतरणी (यमलोकमा रहेको भनिएको पवित्र नदी) तर्न सक्छन् भन्ने विश्वास रहँदै आएको छ ।

हिन्दूहरूको यही विश्वासका आधारमा उपत्यकाका नेवार समुदायले गाईजात्रा मनाउन थालेको केही ऐतिहासिक तथ्यले देखाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij