२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

‘चंदा मामा दूर के’ मा नायिका श्रद्धा कपुर फाइनल

‘चंदा मामा दूर के’ मा नायिका श्रद्धा कपुर फाइनल

काठमाडौं । सुशांत सिंह राजपुत आजभोलि नासामा आफ्नो आगामी चलचित्र ‘चंदा मामा दूर के’ का लागि प्रशिक्षण लिइरहेका छन् । चलचित्रमा सुशांत अंतरीक्ष यात्रीको भूमिका निर्वाह गरिरहेका छन् । तर चलचित्रक लागि शीर्ष अभिनेत्रीको नाम फाइनल भइसकेको थिएन ।

फिल्मी बिटका अुनसार अब चलचित्रमा अभिनेत्रीको नाम फाइनल भएको छ । चलचित्रका लागि श्रद्धा कपुर सुशांतको अपोजिट भूमिका निर्वाह गर्न तयार छिन् । चलचित्रमा श्रद्धासमेत अंतरीक्षयात्रीको भूमिकामा देखिनेछिन् ।

चलचित्र स्रोतलाई उद्धृत गर्दै मिडियाले जनाएअनुसार अभिनेत्रीले शारीरिक परिवर्तन पनि गर्नुपर्ने छ । उनले आफ्नो कपाल काट्नु पर्ने हुनसक्छ । निकै अभिनेत्री चलचित्रको अडिसनका लागि आएपनि यो चलचित्रबाहेक अन्य प्रोजेक्टमा नजोडिएको हुने पर्ने थियो ।

चलचित्रका श्रद्धा कपुर र सुशांत पहिलो पटक चलचित्रमा देखिँदैछन् । यी दुईबाहेक चलचित्रमा आर. माधवन पनि चलचित्रमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij