२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेइमार नखेले पनि पिएसजीले जित्यो, रंगशालमा नेइमारको भव्य स्वागत

नेइमार नखेले पनि पिएसजीले जित्यो, रंगशालमा नेइमारको भव्य स्वागत

काठमाडौं । विश्व कीर्तिमानी मूल्यमा ब्राजिलका स्टार फरवार्ड नेइमारलाई अनुबन्ध गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको यो लिगको यो सिजनको पहिलो खेलमा पिएसजीले एमियन्जलाई २–० ले हराएर विजयी सुरुवात गरेको हो । पिएसजीको जितमा एडिसन काभानी र हाबियर पास्तोरेले गोल गरे ।

बार्सिलोनाबाट २० करोड पाउण्डमा क्लब अनुबन्ध भएका नेइमार भने यो खेलमा मैदानमा थिएनन् । पिएसजीले नेइमारको अनुबन्धन सम्बन्धी कागजात समयमा पेश गर्न नसकेकाले उनी मैदानमा बाहिर रहनु परेको हो । तर नेइमार दर्शक दीर्घामा रहेर टिमको हौसला बढाएका थिए ।

नेइमारले खेल्न नपाए पनि खेल भएको पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेसमा उनको भव्य स्वागत भएको थियो । उनले आफू नयाँ चुनौतीसहित पिएसजी आएको र क्लबलाई धेरै भन्दा धेरै उपाधि दिलाउन प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार शनिबार रातिको खेलमा हेरेका नेइमारले आफू धेरै ट्रफी जित्न लालाइत रहेको र यसमा सबैको साथको खाँचो रहेको बताए । ६ पटकको लिग वान च्याम्पियन पिएसजी गएको सिजन भने दोस्रो भएको थियो ।

गएको सिजन मोनाकोले उपाधि जितेको थियो । राति नै भएको खेलमा लियोनले स्ट्रासबर्गलाई ४–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij