२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटसभिल्ला’को स्पर्धामा

नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटसभिल्ला’को स्पर्धामा

काठमाडौं । भारतीय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट हजारौँ सहभागी अडिसनमा उनी उत्कृष्ट १५ भित्र परेकी हुन् । स्प्लिटस्भिल्लाको श्रृङ्खलामा नेपालबाट छनौटमा परेकी इशा पहिलो हुन् ।

अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफू पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी दिइन् ।

हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा यो कार्यक्रम प्रशारण हुन्छ ।

ललितपुरको भैंसेपटी निवासी ईशाले नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी छन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij