२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, बस र जीप त्रिशुलीमा खसे

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, बस र जीप त्रिशुलीमा खसे

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना–६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन् ।

काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका हुन् । पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए । यात्रुवाहक बसेमा २३ जना यात्रु रहेको चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले सेतोघरलाई जानकारी दिए ।

घटनास्थल मुग्लिनबाट ४ किमीको कालिखोला नजिकै पर्दछ ।

पन्तले मानवीय क्षति नभए पनि दुवै गाडी पुरिएको बताएका छन् । पानी र अध्यारो भएकाले उद्दारमा कठीनाई भएको छ ।

बाटो विस्तार सुरु गरेपछि मुग्लिन–नारायणगढ सडक पहिरोको जोखिममा रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै सडक अवलोकन गर्दै कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij