२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जब हेरी मेट सेजल: भूमिकाको खोजीमा अनुष्का

जब हेरी मेट सेजल: भूमिकाको खोजीमा अनुष्का

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा रिलिज हुन लागेको फिल्म ‘जब हेरी मेट सेजल’मा एक गुजराती युवतीको भूमिका देखिँदैछिन्। फिल्ममा गुजराती युवतीको भूमिकामा देखिए पनि उनी यो भन्दा अलग किसिमको भूमिका निभाउन चाहन्छिन्।

‘म यस्तो भूमिका निभाउन चाहन्छु कि जुन एकदमै अलग होस्,’उनले भनेकी छन्,’जब मेरो मान्यतामा मेरो अनस्त्रि्कन भूमिकाले चुनौति दिन्छ, त्यो क्षण मेरा लागि रोचक हुन्छ। म आफ्नो भूमिकालाई विचारधारा, मूल्य र मान्यताको बाटोबाट समीक्षा गर्छु।’

उनले आफूले हरेक विषयमा अलग किसिमबाट हेर्न शुरु गरेको पनि बताइन्। ‘एक अभिनेत्रीका रुपमा यदि म स्त्रि्कनमा राम्रो किसिमले आफ्नो भूमिकालाई न्याय दिन सक्छु भने त्यो मेरा लागि निकै आनन्ददायी क्षण हुनेछ ‘ उनले भनेकी छन्।

‘जब हेरी मेट सेजल’मा अनुष्का र शाहरुख खान तेस्रोपटक सँगै देखिँदैछन्। यसभन्दा अघि उनीहरु ‘रब ने बना दी जोडी’ र ‘जब तक है जान’मा पनि सँगै देखिएका थिए। अनुष्का फिल्मसँगै भारतीय क्रिकेटर बिराट कोहलीसँगको प्रेमका कारण पनि समाचारमा छाउने गरेकी छिन्। पहिले पहिले बिराटको खेल हेर्न बाक्लै जाने अनुष्का आजभोलि भने विरलै क्रिकेट मैदानमा देखिन्छिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij