वासिंगटन । अमेरिकामा ह्वाइट हाउसका कम्युनिकेसन डाइरेक्टर एन्थोली स्कारामुचीलाई पद सम्हालेको १० दिनमा नै बर्खास्त गरिएको छ । एन्थोनी पछिल्ला १० दिनमा ह्वाइट हाउसबाट हटाइएका चौथो अधिकारी हुन् । उनीमाथि एक रिपोर्टरसँग अपमानजनक भाषाको प्रयोग गरेको आरोप लगाइएको छ ।
एन्थोली वालस्ट्रिटका पूर्वफाइनान्सरसमेत हुन् । ह्वाइट हाउसले राष्ट्रपतिलाई हालै उनले एक म्यागजिनलाई दिएको अन्तर्वार्ताका क्रममा अभद्र टिप्पणी गरेको महसुस भएको उल्लेख गरेको छ । एन्थोनीले ह्वाइट हाउसका पूर्वचिफ अफ स्टाफ रेइन्स प्रिबसमाथि अभद्र टिप्पणी गरेको बताइएको छ । यसअघि रेइन्स प्रिबस र प्रवक्ता सिन स्पाइसर एन्थोनीलाई नियुक्ति गरिसकेपछि पदबाट हट्नुपरेको थियो ।
ह्वाइट हाउसकी प्रेस सचिव साराले भनिन्, ‘जोन केलीले ह्वाइट हाउसमा अनुशासन ल्याउनेछन् । अब म उनलाई सिधा रिपोर्ट गर्छु । एन्थोनीले जुन शब्दको प्रयोग गरे, त्यो उनको पदका लागि शोभनीय थिएन ।’ एन्थोनीलाई पदबाट हटाउने जनरल जोन केलीले सोमबार मात्रै चिफ अफ स्टाफको शपथ लिएका थिए । यसअघि उनी होमल्यान्ड सेक्युरिटी सचिवका रूपमा कार्यरत थिए ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij