२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत जलाएर नष्ट गरियो

भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत जलाएर नष्ट गरियो

पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो ।

यो वडामा पहिलो चरणको मतदानमा २८ सय ८७ मत खसेको थियो । मतपत्र जलाएको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले लखेटेका थिए । मुख्य निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाकर्मीलाई पत्रकारलाई बाहिर निकाल्न निर्देशन दिएका थिए । पत्रकार महासंघ चितवन शाखाले विज्ञप्ति जारी गरी समाचार संकलनमा रोक लगाउने कार्यको भत्र्सना गरेको छ ।

सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार यस वडामा मतदान हुने भएको छ । निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सर्वदलीय बैठक राखेर पुनः निर्वाचनको मिति तोकेको हो । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउनेछैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij