
काठमाडौं । नेपाली सेनामा पहिलो पटक महिला अधिृकतलाई गुल्मपतिको जिम्मेवारी दिइएको छ । सेनाले महिलाहरुलाई मात्र समेटेर पहिलो पटक खोलेको गुल्मको प्रमुखमा महिलालाई नै गुल्मपती बनाइएको हो ।
नेपाली सेनाले हाल सेवादलमा कार्यरत मेजर सृष्टी खड्कालाई साउन १ गतेको सरुवामा गोरखकाली गुल्मको गुल्मपतीको जिम्मेवारी दिएको हो । उनी ४६ बेसिककी महिला सैनिक अधिकृत हुन ।
उपत्यका पृतना भित्र रहने गरी सेनाले महिना गुल्म बनाएको छ । सेनामा स्टाफ कलेज नगरेकोलाई गुल्मपति नदिने नियम भएपनि महिला गुल्मको हकमा भने त्यो नियम लागु भएको छैन् ।
सेनानी खड्का २०६१ माघ १७ मा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन । उनको पहिलो पोष्टिगं राजदल गणमा भएको थियो ।
त्यसपछि उनले सेनाको मनोवैज्ञानिक शाखा,सुदुरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा दलमा काम गरेकी थिईन । मेजर खड्कासंग शान्ती स्थापनार्थ सुडानमा समेत काम गरेको अनुभव छ । खड्काको बेसिक आर्टीलरी भएपनि उनले प्रायजसो इन्फेन्ट्री युनिटमा बसेर काम गरेकी छन् ।
सैनिक प्रवक्ता झंकरबहादुर कडायतले गुल्मपतीको लागी स्टाफ कलेज अनिवार्य नहुने बताए । “ गुल्मपति हुन सवैको हकमा स्टाफ कलेज नै गरेको हुनुपर्ने भन्ने नियम लागु हुदैन, गणपति र गुल्मपति राम्रा र उत्कृष्ठ काम गरेका नन स्टाफ कलेज सैनिक अधिकृतलाई पनि दिने चलन छ ।” सैनिक प्रवक्ता कडायतले सेतोघरसँग भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij