२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एमालेले भन्यो सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण

एमालेले भन्यो सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चको फैसलालाई दुर्भाग्यपूर्ण भनेको छ। एमाले सचिव प्रदीप ज्ञवालीले सर्वोच्चले फैसलाबाट गलत प्रवृतिलाई प्रोत्साहित गरेको बताए।

‘कानुनमा दुईवटा कुरा हुन्छन्। एउटा अक्षर अर्को भावना,’ पहिलोपोस्टसँगको कुराकानीमा ज्ञवालीले भने, ‘सर्वोच्चले कानुनको भावना भन्दा पनि अक्षरलाई हेरेर फैसला गर्‍यो जुन दुर्भाग्यपूर्ण छ।’

निर्वाचन ऐनले कब्जा भएको परिस्थिति भनेर काबु बाहिरको परिस्थिति भन्दै त्यस्तो परिस्थिति नबन्दै कब्जा भनिँदिदा गलत प्रवृति मौलाउने मौका पाउने उनले बताए।

‘मतगणनास्थल कब्जा भएको हो भने २० नम्बर वडाको किन पुनः मतदान नगर्ने त?’ ज्ञवालीले प्रश्न गरे। उनले गलत ठाउँमा कानुनको गलतकोट गरेर गरिएको फैसलाले गलत प्रवृतिलाई प्रोत्साहित गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij