२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बैंकिङ क्षेत्रमा श्रम अभ्यास र चुनौती

बैंकिङ क्षेत्रमा श्रम अभ्यास र चुनौती

अहिले मुलुकको वित्तीय प्रणालीमा ३० वटा वाणिज्य बैंक, ७६ वटा विकास बैंक, ४६ वटा वित्त कम्पनी, ३९ वटा लघुवित्त वित्तीय संस्थाहरू, २ दर्जनभन्दा बढी बिमा कम्पनी, कर्मचारी सञ्चयकोषलगायतका बैंक तथा वित्तीय संस्थाहरूका झन्डै ३५ सय शाखा उपशाखाहरूले देशव्यापी रूपमा सेवा पु¥याइरहेका छन् र यस क्षेत्रमा झन्डै ३२ हजार कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ ।
मुलुकको बैंकिङप्रणाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ । मुलुकको आर्थिक विकासमा बैंकिङ क्षेत्रले महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आर्थिक विकासको तीव्रतासँगै बैंकिङ क्षेत्रको विकास पनि सँगसँगै भइरहेको छ । मुलुकमा ४० को दशकसम्म सरकारी स्वामित्वका दुईवटा बैंकहरू मात्र रहेकोमा वित्तीय क्षेत्रको उदारीकरण नीति अवलम्बन गरिएपछि निजी स्वामित्वमा पनि बैंक तथा वित्तीय संस्थाहरू स्थापना गर्न पाउने उदार नीति अवलम्बन गरियो । वित्तीय प्रणालीलाई सुदृढ, सबल र स्वस्थ ढंगले विकास गरी राष्ट्रले परिलक्षित गरेको आर्थिक विकासमा सहयोग पु¥याउन बैंकिङ क्षेत्रमा मानव संशाधनको उचित ढंगले व्यवस्थापन गर्न अपरिहार्य हुन्छ । उच्च मनोबलयुक्त एवं उत्प्रेरित कर्मचारीले मात्र कटिबद्ध एवं प्रतिबद्ध भएर काम गर्न सक्छन् र यसबाट मात्र उत्पादकत्व अभिवृद्धि गर्न मद्दत पुग्छ ।

मानव संशाधन व्यवस्थापनअन्तर्गत कर्मचारीको नियुक्तिदेखि अवकाससम्मका नीति पर्छन् । बैंकिङ क्षेत्रमा मानव संशाधनको व्यवस्थापन गरिरहँदा कर्मचारीको सेवा सुरक्षाको प्रत्याभूति, वृत्ति विकासको सुनिश्चितता, श्रम गरेबापत जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिकसहित समृद्ध जीवनयापनको आधारशीला निर्माण गर्दै सेवा निवृत्त पछाडि पनि कर्मचारीहरूको जीवनलाई सुनिश्चित गर्न सामाजिक सुरक्षा सुविधाअन्तर्गतका पेन्सन, उपदान, बिमा, औषधोपचारजस्ता सुविधालाई प्रत्याभूति गर्नुपर्छ । बैंकिङ क्षेत्रमा मानव संशाधन व्यवस्थापनअन्तर्गत औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन आवश्यक हुन्छ । कर्मचारीको टे«ड युनियन अधिकारलाई सुनिश्चित गरी कर्मचारीका सामूहिक पिरमर्कालाई टे«ड युनियनमार्फत प्रस्तुत गरी, उत्पन्न समस्यालाई सामूहिक सौदाबाजीका माध्यमबाट समाधान गर्ने अभ्यासबाट मात्र औद्योगिक सम्बन्ध सुमधुर बन्न पुग्छ ।

श्रमको संसारमा अहिले श्रमिकको काम र जीवनलाई मर्यादित बनाउने दिशामा श्रमिक आन्दोलन अगाडि बढिरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अगाडि सारेको मर्यादित काम र मर्यादित जीवनका लागि अभियानले पनि यसको पुष्टि गरेको छ । श्रम अभ्यासलाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विभिन्न अभिसन्धिहरू सिफारिस गरी न्यूनतम श्रम मापदण्ड निर्धारण गरेको छ । खास गरीकन श्रमिक कर्मचारीको सेवा सुरक्षा, न्यूनतम ज्याला, पारिश्रमिकको प्रत्याभूति सामाजिक सुरक्षा, सुविधाको प्रत्याभूति, मातृत्व संंरक्षणको अधिकार, समान कामका लागि समान पारिश्रमिक, टे«ड युनियन खोल्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी गर्न पाउने अधिकारजस्ता पक्षलाई न्यूनतम श्रम मापदण्डका रूपमा श्रम क्षेत्रमा कार्यान्वयन गर्न आईएलओले सिफारिस गरेको छ । न्यूनतम श्रम मापदण्डविपरीत गरिएको श्रम अभ्यासलाई आईएलओले अनुचित एवं निष्कृष्ट श्रम अभ्यासका रूपमा पारिभाषित गरेको छ । नेपाल आईएलओको सदस्य राष्ट्र भएको हिसाबले आईएलओबाट पारित अभिसन्धि अनुरूपका न्यूनतम श्रम मापदण्ड कार्यान्वयन गर्न गराउन दायित्व रहेको छ । अन्तरिम संविधानको धारा ३० मा श्रमसम्बन्धी मौलिकहरूको व्यवस्था भएको छ, श्रम क्षेत्रमा न्यूनतम श्रम मापदण्ड कार्यान्वयन गर्न श्रम ऐन २०४८ र टे«ड युनियन ऐन–२०४९ लागू भएको छ ।

यसरी श्रम अभ्यासलाई व्यवस्थित गर्न राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा पारित श्रम मापदण्डअनुरूप बैंकिङ क्षेत्रमा पनि श्रम अभ्यास हुनु आवश्यक छ । तर नेपालमा निजी क्षेत्रमा खुलेका वाणिज्य बैंक, विकास बैंक, र वित्त कम्पनीहरूमा श्रम अभ्यासमा एकरूपता छैन । कर्मचारीको सेवा सर्त सुविधा निर्धारण गर्न बैंकहरू आफैंले अधिकार पाएपछि बैंकपिच्छे बेग्लाबेग्लै किसिमको श्रम अभ्यास भएको पाइन्छ । बैंकहरूको कर्मचारी भर्ना नीति वैज्ञानिक र पारदर्शी बन्न सकेको छैन । निजी क्षेत्रका बैंकहरूमा विशेषतः सञ्चालकहरूको नाता गोता र आफन्तहरूलाई जागिर खुवाउने ढंगले भनसुनबाट नियुक्ति गर्ने परिपाटी रहेको छ ।
बैंकिङ सेवाजस्तो संवेदनशील व्यवसायमा सक्षम, योग्य, जनशक्तिबाट काम गराउनुपर्ने हुन्छ । तर असक्षम जनशक्ति हुँदा बैंकिङ व्यवसायमा यसले थुप्रै अपराधजन्य घटना हुने गरेका छन् । यसो हुनुमा योग्य जनशक्ति भर्ना गर्ने पारदर्शी पद्धति नहुनु पनि एक कारण हो भनी विज्ञहरू बताउने गर्छन् । सर्वसाधारण जनताको निक्षेपबाट सञ्चालन हुने बैंकिङ व्यवसायमा कर्मचारी भर्ना गर्दा निश्चित वैज्ञानिक विधि र पद्धति र पारदर्शी नीति अवलम्बन गर्नुपर्छ । बैंकिङ कारोबार समग्रमा एकै किसिमको हुने भएको हुँदा यसका लागि सिंगो बैंकिङ प्रणालीभित्र आवश्यक पर्ने जनशक्तिको छनोट गर्न स्वतन्त्र, अधिकार सम्पन्न बैंकिङ सेवा आयोग गठन गर्न आवश्यक छ । यस किसिमको स्वतन्त्र आयोगबाट छनोट गरिने जनशक्ति सक्षम, योग्य हुनुको साथै, बैंकिङ क्षेत्रमा भइरहेको, राजनीतीकरण र आपराधीकरणलाई नियन्त्रण गर्न पनि मद्दत पुग्न सक्छ ।

सरकारी स्वामित्वका बैंकहरूमा पनि श्रम अभ्यासको विविधता पाइन थालेको छ । एउटै बैंकभित्र स्थायी र अस्थायी कर्मचारी, पदोन्नति हुन पाउने र नपाउने कर्मचारी, पेन्सन, उपदान पाउने र नपाउने कर्मचारी, आदि हिसाबले विभेदपूर्ण श्रम अभ्यास बढ्दै छ । कर्मचारीको अवकास हुने प्रावधानमा पनि विविधता खडा गरी ३० वर्ष सेवा अवधिमा अवकाश हुने व्यवस्था गरी कर्मचारीको सेवा सुरक्षामा अनिश्चितता सिर्जना गर्दै लगिएको छ ।

बैंक कर्मचारीले श्रम गरेबापत स्थायी हुने र वृत्ति विकासका अवसरमा सहभागी हुने अधिकार रहन्छ, तर प्रायः अहिले बैंकिङ क्षेत्रमा आउट सोर्सिङ र करारमा काम लगाउने श्रम अभ्यास बढ्दै गएको छ । करारमा काम लगाउँदा स्थायी पनि गर्नु नपर्ने, स्थायी कर्मचारी सरह, सामाजिक सुरक्षाका सुविधा पनि प्रदान गर्नु नपर्ने तथा पदोन्नति पनि गर्नु नपर्ने हुँदा प्रायः बैंकिङ क्षेत्रमा यस किसिमको श्रम अभ्यास बढेर गएको छ । यस किसिमको श्रम अभ्यासले श्रमिक कर्मचारीको श्रम शोषण बढेर गएको छ । यस्तो श्रम अभ्यासलाई हाम्रो देशको संविधानले पनि अनुचित श्रम अभ्यास (अनफेयर लेबोर प्राक्टिस) हुने उल्लेख गरेको सन्दर्भमा, बैंकहरूको नियमन र अनुगमन गर्ने केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंकको गम्भीर रूपमा ध्यान जानुपर्ने देखिएको छ ।
बैंकिङ क्षेत्रमा कर्मचारीको संगठित हुने अधिकारलाई व्यवस्थित गर्न आवश्यक हुन्छ । आधारभूत मानवअधिकारका रूपमा रहेको टे«ड युनियन अधिकारलाई बैंकको सेवा सर्तले नियमावलीबाट पनि सुनिश्चित गर्नुपर्छ । तर प्रायः निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थामा टे«ड युनियन अभ्यास हुने गरेको छैन । हायर एन्ड फायरको नीतिका आधारमा कर्मचारीले काम गरिरहनु परेको स्थितिमा, निर्वाध रूपमा टे«ड युनियनका गतिविधि हुन नपाउँदा पनि यस क्षेत्रमा अनुचित श्रम अभ्यासको मात्रा बढ्दै गएको छ ।

बैंकहरूले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी हरेक वर्ष मुनाफा वृद्धि गरी सेयर होल्डरहरूलाई राम्रो लाभांश दिने गरेको भन्ने विषय सार्वजनिक हुने गरेको छ । तर राम्रो मुनाफा हासिल गर्ने त्यस्ता कतिपय बैंकहरूले कर्मचारीलाई प्रचलित तलब भत्ता सुविधा आदि प्रदान नगरेको तर प्रमुख कार्यकारी अधिकृतलाई चाहिँ वार्षिक करोडौं रुपैयाँ तलब सुविधा प्रदान गर्ने गरेको समाचार प्रकाशित हुने गरेको छ । वास्तवमा यसरी बैंकमा कार्यरत कर्मचारीबीच नै असमान खालको सेवा सुविधा निर्धारित हुनुहुँदैन । कम्तीमा राज्यमा प्रचलित सेवा, सर्त तथा सुविधालाई अनुसरण गरी तदनुरूप सेवा सर्त सुविधा निर्धारण गर्नेतर्फ ध्यान दिनुपर्छ ।
सरकारी स्वामित्वका बैंकहरूमा पनि श्रम अभ्यासका विविधता हुन थालेको छ । एउटै बैंकभित्र स्थायी र अस्थायी कर्मचारी, पदोन्नति हुन पाउने र नपाउने कर्मचारी, पेन्सन, उपदान पाउने र नपाउने कर्मचारी आदि हिसाबले विभेदपूर्ण श्रम अभ्यास बढ्दै छ । कर्मचारीको अवकास हुने प्रावधानमा पनि विविधता खडा गरी ३० वर्ष सेवा अवधिमा अवकाश हुने व्यवस्था गरी कर्मचारीको सेवा सुरक्षामा अनिश्चितता सिर्जना गर्दै लगिएको छ ।

मुलुकको वित्तीय प्रणालीलाई स्वस्थ, सबल र सुदृढ बनाउन केन्द्रीय बैंकको हैसियतले नेपाल राष्ट्र बैंकको अहं भूमिका रहेको छ । बैंक स्थापनाका क्रममा नै, कर्मचारीको सेवा सर्त सुविधाको न्यूनतम श्रम मापदण्ड पूरा गर्न सक्ने बैंकहरूलाई मात्र बैंक सञ्चालनको इजाजतपत्र प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्छ ।
साथै बैंकको निरीक्षण र सुपरीवेक्षणका क्रममा बैंकहरूले न्यूनतम श्रम मापदण्ड लागू गरे नगरेको, औद्योगिक सम्बन्ध सुमधुर बनाउन व्यवस्थापनबाट भूमिका निर्वाह गरे नगरेको आदि पक्षलाई पनि अनुगमनको दायरामा ल्याउने हो र सिंगो बैंकिङ प्रणालीमा न्यूनतम श्रम मापदण्डलाई एकरूपता ढंगले लागू गर्ने गरी नीति अवलम्बन गर्दा मात्र अनुचित श्रम अभ्यासको अन्त्य भई बैंकिङ क्षेत्रमा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij