२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला २०७४ सम्पन्न हुंदै

राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला २०७४ सम्पन्न हुंदै

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको विद्यार्थी संस्था युनियन अफ भेटेरिनरी एन्ड एग्रिकल्चर स्टुडेन्ट्स तथा अन्तराष्ट्रिय कृषि युवा संजाल वाईपार्ड नेपालको संयुक्त आयोजनामा यही श्रावण २७ र २८ गते प्रथम “राष्ट्रिय युवा कृषि उद्यम कार्यशाला २०७४ चितवनमा संचालन हुनै लागेको छ ।
नेपालमा व्यवसायिक कृषिको क्षेत्रमा ठुलो अवसर भएपनि युवाहरुमाझ आवश्यक ज्ञान, सीप र परामर्शको व्यापक कमि रहेको पाइन्छ्र यसको फलस्वरुप हाल कृषि क्षेत्र बिस्तारै युवाहरुको आकर्षणको क्षेत्र बन्दै गएपनि कृषिका खास समस्या र अवसरहरु नै नबुझी यस क्षेत्रमा हाम फाल्ने प्रवृतिले गर्दा थुप्रै युवा कृषकहरुले घाटा बेहोर्नु परेको छ ।
यही समस्यालाई मध्यनजर गर्दै कृषिमा आउन इच्छुक र भर्खरै यस क्षेत्रमा लाग्नुभएका युवाहरुलाई लक्षित गरेर यो कार्यशाला आयोजना गरिएको हो । यस कार्यशाला आयोजना गर्नुको मुख्य लक्ष्यजागरुक युवाहरुलाई आवश्यक सल्लाह, प्राविधिक ज्ञान, नीतिनियम सम्बन्धी जानकारी दिने र खास गरि कृषि विज्ञ, सफल कृषि उद्यमी, व्यवसायी, सरकारी निकाय लगायत कृषि र यस क्षेत्रसंग आबद्ध सम्पूर्ण सरोकारवालाहरु बिचको दिगो कृषि संजाल विकास गर्ने रहेको छ ।
आधुनिक कृषि किसान संसार कृषि औजार वितरक मुख्य सहजकर्ता रहने यस कार्यक्रममा देश भरिबाट कृषि प्रेमी युवाहरुलाई समावेश गराई उनीहरुलाई अन्य सफल कृषक, विज्ञ, व्यवसायी लगायतबाट कृषिका हरेक आयामका बारेमा जानकारी दिईनेछ ।

त्यसका लागि नेपालको कृषि क्षेत्रमा लामो समय बिताएर सफल हुनुभएका किसान, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राविधिक, सफल कृषि व्यवसायी लगायत अन्य प्रतिनिधिहरुद्वारा युवाहरुको अहिलेको कृषि बुझाइ परिवर्तन गरि सफलताको बाटोमा लैजाने उदेश्य आयोजकले लिएको छ्र २ दिन सम्म चल्ने यस कार्यशालाको माध्यमबाट राष्ट्रिय कृषि युवा संजालको पनि सुरुवात गरेर भविष्यमा पनि कृषिमा आउन इच्छुक युवाहरुको लागि आवश्यक परामर्श लिने सहज स्थानको विकास गर्ने लक्ष लिईएको छ । यो कार्यक्रमको मिडिया पार्टनर एग्रो टाइम्स मासिक पत्रिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij