काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको भदौ ७ देखि ११ गते सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।
यो अखिल क्रान्तिकारीको २१औं सम्मेलन हो । यो पटक क्रान्तिकारीमा पनि नेतृत्व चयनकोलागि निर्वाचन हुनसक्ने भन्दै सुरुमा नै रमेश मल्लको नेतृत्वमा निर्वाचन टोली गठन भइसकेको छ । यससँगै क्रान्तिकारीमा अहिले नयाँ किसमको तरङ्ग उत्पन्न भएको हो । अहिले सम्म माओवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै आएको थियो । यो पटक पनि सर्वसम्मत गर्ने प्रयास भएन भने निर्वाचनमा जानुको विकल्प नहुने पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक रमेश मल्लले बताए ।
यससँगै विद्यार्थीहरु भने अहिले आ–आफ्ना समुहमा छलफलमा व्यस्त छन् । धेरैजसो सुनसान रहने बागबजारको संगठनको कार्यलयमा अहिले चहलपहल बढेको छ ।
यदि सर्वसम्मत भएन र निर्वाचन हुने भयो भने, विद्यार्थीहरु त्यसको लागि तयारीमा अवस्थामा रहेको सचिवालय सदस्य स्मृति अधिकारीले बताइन । सकेसम्म नेतृत्व सर्वसम्मत बाट आउनु पर्छ यदि भएन भने स्वच्छ प्रतिष्पर्धा गराउदा नयाँ अभ्यास हुने उनको तर्क छ ।

मुख्य दाबेदार
पार्टी नेतृत्वले पनि निर्वाचन गराएको खण्डमा प्रमुख रुपमा अध्यक्षको लागि दाबेदार मानिएका अहिलेका उपाध्यक्ष अनिल शर्मा, रामचन्द्र अधिकारी, रन्जित तामाङ, उत्तम अधिकारी र खुशिराम चौधरी छन् ।
अनिल शर्मा पूर्व उर्जा मन्त्री तथा वर्तमान गृहमन्त्री जनार्दन शर्माका भाइ हुन । उर्जामन्त्री हुँदा जनार्दनले गरेका राम्रो कामको प्रभाव अनिलसम्म पनि परेकाे छ । साथै अनिल अाफैं पनि पार्टी र आम विद्यार्थीमा लोकप्रिय छन् । उनको गृह जिल्लामा सबै स्थानीय तह माओवादीले जितेको छ । यो सबै कुराको फाइदा अनिल शर्मालाई हुने विद्यार्थीहरु बताउँछन ।
रञ्जित तामाङ बर्षमान पुन नजिकका मानिन्छन् । जनजातिको हिसाबले पुनले तामाङलाई सहयोग गर्ने अनुमान विद्यार्थीबीच छ । उत्तम अधिकारी र खुशिराम चौधरी नेता राम बहादु थापा निकटका हुन । अधिकारी शालिन र वैचारीक नेताका रुपमा परिचित छन् ।
सङ्गठन संरचना ः
यो सम्मेलनमा अखिलमा २५ सदस्यीय पदाधिकारी सहित एक सय ९९ जनाको केन्द्रीय समिति निर्वाचित हुनेछन् । जसमा १ जना अध्यक्ष, उपाध्यक्ष ६(खुल्ला ३, १ महिला, १ मधेशी, १ मनोनित), महासचिव १, उपमहासचिव ३ (२ खुल्ला, १ महिला) सचिव १३ (७ प्रदेशबाट ७ जना, महिाला २, मधेशी तथा मुस्लिम १, जनजाति १, दलित १, विवि÷विभाग÷कार्यलय १) र कोषाध्यक्ष १ हुने छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij