२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एप्पलले अमेरिकामै तीन नयाँ प्लान्ट बनाउने

एप्पलले अमेरिकामै तीन नयाँ प्लान्ट बनाउने

वासिङ्टन । एप्पलका प्रमुखले अमेरिकामै तीन नयाँ म्यानुफ्याक्चरिङ प्लान्टको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको वाल स्ट्रिटले जर्नललाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

यो विषयमा एप्पलका प्रमुख कार्यकारी टिम कुकसँग फोनमा वार्ता भएको राष्ट्रपति ट्रम्पले जर्नललाई बताएका हुन् ।“मैले कुकसँग भनें, उनले तीन ठूला प्लान्ट निर्माण गर्ने बताएका छन्,” राष्ट्रपति ट्रम्पको भनाइ थियो । एप्पलले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

अमेरिकामै प्लान्ट निर्माणका लागि कर छुटको आवश्यकता भएको लगायतका विषयमा कुराकानी भएको ट्रम्पले वाल स्ट्रिटसँगको वार्तामा बताएका छन् ।

गत वर्षको अभियानको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीहरूलाई रोजगारी सिर्जना गर्न र म्यानुफ्याक्चरिङ क्षेत्रको पुनर्वहालीका लागि अमेरिकामै थप उत्पादन गर्नका लागि आग्रह गरेका थिए । ट्रम्पको आक्रोशमा पर्नेमध्ये एप्पल पनि रहँदै आएको छ ।

“एप्पलले अन्य मुलुकको दाँजोमा कम्प्युटरलगायतका सामग्रीको उत्पादन अमेरिकामै सुरु गर्नेछ,” गत वर्षको जनवरीमा ट्रम्पले आफ्नो भाषणमा भनेका थिए ।

एप्पलले हाल धेरैजसो उत्पादन चीनमा गर्दै आएको छ । तर, डेभलपर र डिजाइनरलाई अमेरिकामै काममा लगाउँदै आएको छ । कम्पनीले आफ्ना पार्ट्सहरू अमेरिकास्थित म्यानुफ्याक्चरिङबाट गर्दै आएको छ ।करारका उत्पादकहरूले केही उत्पादन अमेरिकामा गर्दै पनि आएका छन् ।

मेमा एप्पलका प्रमुख कार्यकारीले कम्पनीले अमेरिकामा आधुनिक म्यानुफ्याक्चङमा लगानीका लागि १ अर्ब डलरको कोष सिर्जना गर्न लागेको बताएका थिए ।

एप्पलका प्रमुख ठेकेदार फक्सकनले सम्भवतः अमेरिकाको विस्कनसिनमा डिस्प्ले उत्पादन गर्ने कारखानामा १० खर्ब डलरभन्दा बढी लगानी गर्ने योजना भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij