काठमाडौं । महिला सिर्जनशील केन्द्रद्वारा हरेक वर्ष जस्तैगरी यस वर्ष पनि महिला हितहेतुले डीइसीसी नेपालको व्यवस्थापनमा १६ औँ पटक डाबर स्पेसल तीज महोत्सव आयोजना गर्न लागिरहेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौँ ।
महान पर्व तीजको अवसर पारेर यही साउन २० देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा १६औं तीज महोत्सव हुन गइरहेको छ । यस महोत्सवमा महिला उद्यमीहरूले आफ्ना उत्पादित वस्तुहरूलाई प्रदर्शनीमा राख्न सक्नेछन् भने यसको मुख्य उद्देश्य महिला विकास र महिलाको सीपमूलक कार्यहरूलाई उजागर गर्नु हो ।
यो महोत्सव महिला उद्यमीहरूको लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभवहरू एक आपसमा बाँड्ने प्रमुख थलो हो भने यहाँ आउने आगन्तुकहरूले पनि एकै छानामुनि तीज तथा आउने पर्वहरूका लागि आवश्यक पर्ने विभिन्न किसिमका सरसामानहरू किनमेल गर्न पाउने मुख्य थलो हुनेछ । यो महोत्सवमा मुख्य आकर्षणका रूपमा महोत्सव अवलोकन कर्ताहरूलाई निःशुल्क जुस वितरण गरिनेछ ।
बिगत लामो समयदेखि नै यस महोत्सवको मुख्य प्रायोजन डाबर स्पेसल हेयर आयल छ । यो जवाकुसुम र कागतीको प्रयोग गरी तयार गरिएको (चाँडै सोसिने) लाइट हेयर आयल हो । यसले कपाललाई पोषण दिएर जरैदेखि बलियो र लामो बनाउनुको साथै शिरको छालालाई स्वस्थ राखी तपाईंको कपाललाई इच्छाअनुसारको स्टाइल दिई व्यक्तित्व निखार्न मद्दत गर्दछ ।
त्यस्तैगरी डाबर स्पेशल तिज महोत्सवले पनि महिलाहरूलाई आफ्नो व्यक्तित्व, आत्मविश्वास एवं सकारात्मक सोचमा वृद्धि गराउन मद्दत गर्दैै आएको छ । यस महोत्सवमा मुख्य प्रायोजन डाबरले गरेको छ भने सपोर्टसमा रोथो, सीताराम दूध, सीताराम ध्यू, एनटीबी, भीएलसीसी, टीभएस्, मनकामना केबलकार, सनराइज बैंक, मङ्गलदीप, यूडब्लूटीसी, बराह ज्वेर्लस, ओम गोल्ड हाउस र मिडिया पाटर्नर ईसीएस मिडिया, साइभर संसार,न्युज ट्वेन्टीफोर, डिर्मस एन् आइडिया, टाइम्स एफएमको पनि साथ छ ।
यस महोत्सवको मुख्य सेवाहरू बारा ज्वेर्लसद्धारा हिराको खरिदमा २०५ छुट, भीएलसीसीद्वारा फ्रि छाला परीक्षण र बीएमआई परीक्षण, ब्लड टेस्ट, ब्लड प्रेसर परीक्षण, सेल्फी कर्नर इत्यादि । साथै सनराइज बैंकद्वारा निःशुल्क मेहन्दी लगाइने, कार्ड हुनेहरूका लागि ८ प्रतिशत छुट बिगमार्टको कुनै पनि शाखाबाट सामान खरिद गर्दा, लक्करमा पनि भारि छुटको व्यवस्था गरिनेछ ।
यस महोत्सको समुद्घाटन भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचन २०७४ काठमाडौं महानगरपालिकाबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गी श्रेष्ठद्वारा हुन गइरहेको कुरा जानकारी गराउन चाहन्छौं ।
१०० वटाभन्दा बढी स्टल रहेको यस महोत्सवमा सधै जस्तै तीज तथा आउने पर्वहरूका लागि अति आवश्यक सामग्रीहरूसहित पूजाका सामग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामाग्री, मेहन्दी, होम अप्लाइन्सेस, आदि सामग्रीहरू मात्र नभएर गृहिणीहरूलाई दैनिक आवश्यक पर्ने सामानहरूको पनि ज्ञान पाउन सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij