२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

पाकिस्तानमा किशोरी बलात्कार गर्न पञ्चायतको आदेश !

पाकिस्तानमा किशोरी बलात्कार गर्न पञ्चायतको आदेश !

पाकिस्तान । पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।

युवतीको दाइले एउटी बालिकामाथि बलात्कार गरेका थिए, र त्यसैको बदलास्वरुप पञ्चायतले यो आदेश दिएको समाचारहरुमा उल्लेख छ । प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आदेश दिएको बताइएको छ ।

प्रहरी अधिकृत अल्लाह बख्सले भने, ‘जिरगा (गाउँको पञ्चायत) ले सजायको रुपमा १६ वर्षकी किशोरीको बलत्कार गर्ने आदेश दियो किनकी उनको दाइले १२ वर्षकी बालिकाको बलात्कार गरेको थियो ।’

अधिकारीका अनुसार एक व्यक्तिले यही महिना जरगामा न्यायको याचना गरेका थिए कि उनकी १३ वर्षीया बहिनीको उनको काकाको छोराले बलात्कार गरे । यसको सजायका रुपमा जिरगाले उजुरीकर्तालाई अभियुक्तको बहिनीमाथि बलात्कार गर्न आदेश दिएको थियो र उनले बलात्कार पनि गरे ।

पाकिस्तानी पत्रिका ‘डन’ का अनुसार किशोरीलाई मानिसहरुको अगाडि उपस्थित हुन लगाइयो र त्यसपछि उनको आमाबुबा र सबै मानिसहरुकै बीचमा बलात्कार गरियो । दुवै केटीहरुका आमाले यसको विषयमा प्रहरीमा उजुरी गरे । मेडिकल परिक्षणबाट दुवै केटीहरुमाथि बलात्कार भएको पुष्टि भयो ।

प्रहरीले २५ व्यक्तिहरुमाथि मुद्दा दर्ता गरेको छ भने १२ वषिर्या बालिकाको बलात्कार गर्ने युवक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij