२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भरतपुर मतगणना मुद्दाको सुनुवाई अझै सकिएन

भरतपुर मतगणना मुद्दाको सुनुवाई अझै सकिएन


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका, १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि फैसला आउन सकेन ।

उक्त मुद्दामा दुवै पक्षका वकिलहरुको बहस सकिएपछि आजबाट फेरि प्रतिरक्षा बहस शुरु भएको हो । आज प्रतिवादी पक्षका वकिलहरुले बहस गरिरहेको र आइतबार बादी पक्षका वकिलहरुले प्रतिरक्षा बहस गरेपछि मात्रै बहसको टुंगो लाग्ने सर्वोच्चका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

उक्त मुद्दामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलासले सुनुवाई गरिरहेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा १९ नम्बर वडाको मतगणना अन्तिम अवस्थामा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले उक्त वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयका विरुद्ध एमालेबाट उक्त वडाको वडाध्यक्षका उम्मेदवार गुञ्जमान विकले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij