२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विवेकशील साझा पार्टी बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने

विवेकशील साझा पार्टी बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने


काठमाडौँ । विवेकशील नेपाली दल र  साझा पार्टीबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीले सामूहिक नेतृत्व अपनाउने भएको छ। नेतृत्वका लागि उक्त पार्टीले ८ जनाको संयोजन समिति बनाएको छ भने रवीन्द्र मिश्र र  उज्ज्वल थापा सहसंयोजक बनेका छन्। संयोजन समितिमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडल छन्।

सामुहिक नेतृत्वमा गएको विवेकशील साझा पार्टीका बैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने छन्। अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाएको पार्टीले महाधिवेशन सम्म ५९ जना केन्द्रीय सदस्य पुर्याउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij