
नेपालमा पछिल्ला बर्षहरूमा ग्यास प्रयाेगकर्ताहरूकाे सङ्ख्या बढ्दाे छ । घरायसी देखि व्यावसायिक प्रयाेजनकाे लागि प्रयाेग गरिने ग्यासकाे प्रयाेग पछिल्ला बर्षहरूमा ग्रामीण क्षेत्रहरूमा समेत निकै नै बढेकाे छ । नेपालीहरूले वैदेशिक राेजगारीकाे क्रममा विदेशबाट कमाएर ल्याएकाे रेमिट्यान्सकाे कारण नेपालीहरूकाे जीवनस्तरमा समेत फेरबदल अाएकाे छ । विगतकाे तुलनामा नेपालीहरू सुविधामुखी हुँदै गएकाे अहिलेकाे परिप्रेक्ष्यमा ग्यासकाे घरायसी प्रयाेग बढ्दाे छ ।
हाल नेपालमा ग्यासकाे क्षेत्रमा काम गर्ने ५५ अाेटा कम्पनीहरू सञ्चालनमा छन् । यसले ग्यास बाेटलिंङ प्लाण्टकाे बजार नेपालमा बढ्दाे क्रममा रहेकाे देखाउँछ । नेपालमा ग्यास उद्याेगहरू थपिने क्रम अहिले पनि जारी रहेकाेबाट पनि याे कुरा बुझ्न सकिन्छ । अहिले राज्य संघीय संरचनामा गर्इसकेकाे अवस्थामा ग्यास उद्याेगका वाेटलिङ प्लान्टहरू यसरी शहरमुखी भन्दा पनि ग्रामीण क्षेत्रलार्इ केन्द्रित गरी जुन ठाउँमा बाेटलिङ प्लाण्टहरू छैनन्, ती ठाउँहरूलार्इ केन्द्रित गरी सञ्चालनमा ल्याउनुपर्ने अावश्यकता पनि देखिएकाे छ ।
अागामी बजारकाे पुर्वानुमान गर्नु जरूरी ः
यद्यपि पछिल्लाे समय नेपालमा लाेडसेडिङकाे अाधारभूत रूपमा अन्त्य भएसँगै साेलार तथा इन्भर्टरकाे बजार जुन रूपमा खस्किएकाे अर्थात धराशयी भएकाे छ, त्यसरी नै यसकाे बजार सम्बन्धमा अहिले नै विचार पुर्याउन नसकिने हाे भने कतै नेपालका ग्यास उद्याेगहरूले सिलिण्डरकाे कारण निकै ठूलाे नाेक्सानी व्यहाेर्नुपर्ने त हाेइन भन्ने सम्बन्धमा अहिले नै विचार गर्नुपर्ने समय अाएकाे छ ।
नेपालमा ठूला जलविद्युत अायाेजनाहरूमा प्रयाप्त लगानी विस्तार भइरहेकाे अवस्थामा अागामी बजारलार्इ विचार गर्न नसकिने हाे भने नेपाली जनाताकाे ठूलाे पुँजी सिलिण्डरकै कारण नाेक्सान हुने अवस्था पनि अाउन सक्छ ।
२ किसिमका सिलिण्डरहरू नेपाली बजारमा ः
अहिले नेपालमा वितरण गरिने ग्यास सिलिण्डर २ किसिमका छन् । एउटा फलामकाे सिलिण्डर हाे, जुन निकै पहिले देखि प्रचलनमा छ भने हालसालै मात्र फार्इबरकाे सिलिण्डर पनि साेही ताैल अर्थात १४.२ किलाे ग्यास भरी बजारमा विक्रीवितरणकाे कार्य भर्इरहेकाे छ । फलामकाे सिलिण्डरकाे तुलनामा फार्इबरकाे सिलिण्डर तुलनात्मक रूपमा महँगाे छ । उपभाेक्ताले छुट्टै किन्नुपर्छ । एक उपभाेक्ता सँगकाे अनुभव अनुसार फलामकाे सिलिण्डरबाट फाइबरकाे सिलिण्डर लिन अर्थात साटफेर गर्ने व्यवस्था हुन सके अाफू लगायतका उपभाेक्तालार्इ सहज हुने भन्दै अाफूले भाेगेकाे समस्याबारे कुरा खाेलेका छन् । 
दुर्घटनाबाट बच्न सचेत बन्नुपर्छ ग्यासका उपभाेक्ता ः
ग्यास प्रयाेगकाे क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नकाे निम्ति केहीअाधारभूत कुरामा विचार गर्नसके धेरै हद सम्म सुरक्षित रहन सकिने ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापा बताउनुहुन्छ । उहाँका अनुसार जनचेतनाकाे अभाव अहिले पनि रहेकाे हुनाले जनचेतनामूलक कार्यक्रमलार्इ निरन्तर रूपमा सञ्चालन गरिनुपर्ने थापाकाे भनार्इ छ । पछिल्ला बर्षहरूमा ग्यासकाे प्रयाेग ग्रामीण क्षेत्रमा निकै नै बढ्दाे छ ।
अहिले भर्खरै सम्पन्न स्थानीय निकायकाे निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरूले जनताकाे सुरक्षाकाे पक्षमा पनि काम गर्नुपर्ने अावश्यकता छ । जसबमाेजिम अति प्रज्वलनशिल पदार्थकाे रूपमा रहेकाे एल.पी ग्यासकाे प्रयाेग सम्बन्धमा व्यापक रूपमा जनचेतनामूलक कार्यक्रमहरू ल्याउनु जरूरी छ । यसकाे लागि ग्यास विक्रेता महासंघ नेपाल हातेमालाे गर्न तयार रहने थापाकाे भनाइ छ ।
उहाँका अनुसार ग्यास विक्रेता महासंघले अहिले देशैभरि जनचेतनामूलक कार्यक्रमहरू अभियानकाे रूपमा नै सञ्चालन गरिरहेकाे छ । यतिले मात्रै प्रयाप्त भने छैन । राज्यकै पहलमा जनताकाे सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने यी र यस्ता जनचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने टड्काराे अावश्यकता देखिएकाे छ । तबमात्र ढुक्कसँग जनताले ग्यासकाे प्रयाेग गर्न सक्छन् । यसका लागि राज्य जिम्मेवार, व्यवसायी इमान्दार र उपभाेक्ता सचेत अनि जागरूक हुनु जरूरी देखिन्छ ।
लगानी सुरक्षित गर्न राज्यले के गर्नुपर्छ ?
नेपालमा सम्भावित ग्यासकाे घट्दाे प्रयाेगलार्इ विचार गरेर अब स्थापना हुन चाहने र सञ्चालनमा रहेका उद्याेगहरूलार्इ ग्यास प्रयाेगकर्ताकाे सङ्ख्या र खपतकाे बढ्दाे ट्रेण्डलार्इ विचार गरेर नयाँ सिलिण्डर साेही बमाेजिम नै थप्ने व्यवस्था गरिनु जरूरी छ । तबमात्र सिलिण्डरकाे नाममा नेपाली पुँजी पलायन हुनबाट राेक्न सम्भव छ भने यसबाट उपभाेक्ताहरूलार्इ पनि सिलिण्डरमा पर्न जाने अार्थिक भार कम गर्न सकिने र सकेसम्म उपभाेक्ताले एक भन्दा बढी सिलिण्डर घरमा थुपार्नुपर्ने अावश्यकता पनि रहँदैन ।
व्यवसायीका समस्याहरू सम्बन्धमा महासचिव थापा यसाे भन्नुहुन्छ ः
क) ग्यास व्यवसायमा कानुन ः
ग्यासकाे प्रयाेग विगत लामाे समय पहिले देखि हुँदै अाएकाे भएतापनि यससँग सम्बन्धित कानुन बन्न नसक्दा बेलाबेलामा समस्याहरू निम्तिंदै अाएका छन् । यसलार्इ व्यवस्थित गर्न बेला-बेलामा विभिन्न प्रयाशहरू भएतापनि खासै ती प्रयाशहरूलार्इ कार्यान्वयनमा ल्याउन भने सकिएकाे छैन । विज्ञताकाे अाधारमा कहिँकतैबाट अपचलन नहुने खालकाे कार्यविधि बनार्इ यसलार्इ व्यवस्थित गरिनुपर्छ ।
ख) व्यवसायीहरू किन छन् अान्दाेलनमा ?
‘अहिले ग्यासमा लगानी बढिरहेकाे, खर्चहरू अत्यधिक बढेकाे तर ग्यासकाे काराेबारमा मुनाफा भने न्यून रहेकाेले व्यवसायीहरू अत्यन्तै चिन्तित छन् । कतिपय व्यवसायीहरू त यस क्षेत्रबाट पलायन नै भएका पनि छन् । हामी देशैभरिका ग्यास व्यवसायीहरू व्यवस्थित र अात्मनिर्भर काराेबारकाे लागि अान्दाेलित छाैं । हामीले अहिलेकाे बजार र बढ्दाे खर्च अनुपातमा व्यवसाय टिकाउनकाे लागि कम्तिमा पनि ग्यासकाे मूल्यकाे ५ प्रतिशत मुनाफा पाउनुपर्छ ।’ महासचिव थापाकाे भनार्इ छ ।
तपार्इहरू बन्दहड्तालमा नै उत्रिनुहुन्छ कि भन्ने सेताेघरकाे प्रश्नमा थापा भन्नुहुन्छ, ‘हामी बन्दहड्तालका सधैं विराेधी हाैं । सरकारसँग हामीले अाफ्ना समस्याहरूलार्इ पटक-पटक समाधानकाे लागि अनुराेध गरेका पनि छाैं । यदि राज्य पक्षले हाम्रा ती समस्याहरूकाे समाधानकाे निम्ति उपयुक्त पहल गर्न सकेन भने हामीले व्यवसायबाट हात धाेर्इ अाफूसँग भएका सिलिण्डरहरू सम्बन्धित उद्याेगलार्इ फिर्ता गराउने अथवा बाध्यतावश अान्दाेलनमा नै उत्रिनुपर्ने अवस्था पनि अाउन सक्छ ।
ग्यासकाे प्रयाेगमा महासंघले गर्दै अाएका जनचेतना कार्यहरू ः
हामीले सुरक्षाकाे लागि सचेतनालार्इ नै पहिलाे सर्त बनाउनुपर्छ भन्ने मान्यता राखेका छाैं । सुरक्षाकाे निम्ति गुणस्तरीय सामानकाे छनाैटलार्इ जाेड दिएका छाैं । त्यसै गरी प्रयाेगकाे क्रममा ग्यास कस्ताे ठाउँमा कसरी राख्दा बढी सुरक्षित हुन सक्छ भन्ने कुरालार्इ पनि जाेड दिएका छाैं । उपभाेक्ताकाे अार्थिक भारलार्इ पनि सही तवरले ग्यासकाे प्रयाेग गर्न सके बचाउन सकिन्छ भन्ने कुरामा समेत सचेत गराउँदै अाएका छाैं । जुन अधिकांश प्रयाेगकर्ताहरूलार्इ अहिले पनि जानकारी नहुन सक्छ ।
दुर्घटनाबाट बच्ने उपायहरू के-के हुन सक्छन् ?
- १. सामान्यतया ग्यास प्रयाेगकाे क्रममा हामीले विभिन्न कुराहरू विचार गर्नुपर्ने हुन्छ । ग्यासकाे सिलिण्डरलार्इ ल्याउँदा लैजाँदा गुडाउनु हुँदैन । प्रयाेगकाे क्रममा सिलिण्डरलार्इ सुताउन र घाेप्ट्याउनु पनि हुँदैन ।
- २. ग्यासकाे प्रयाेगकाे क्रममा प्रयाेग गर्नै नहुने प्लाष्टिकका पार्इपहरू प्रयाेग भइरहेका छन् । ती प्लाष्टिकका पार्इपहरू मुसाले खाने, छिट्टै अागाेबाट जल्ने हुनाले विगतमा ठूला-ठूला दुर्घटनाहरू भइ धनजनकाे क्षति भएकाे छ । त्यसकारण ग्यासकाे प्रयाेगमा गुणस्तरीय रबरकाे पार्इप प्रयाेग गर्नुपर्छ । जुन तारैतारले जेलिएकाे हुन्छ । यसलार्इ हत्तपत्त मुसाले काट्न सक्दैन । साथै छिट्टै जल्ने समस्या पनि रहँदैन ।
३. अागाेले छिट्टै समात्ने वस्तुलार्इ सिलिण्डरकाे नजिक राख्नुहुँदैन । समय-समयमा पाइप र चुल्हाेकाे सफा गर्नुपर्छ भने २ बर्षमा पार्इप फेर्ने हाे भने सुरक्षित रहन सकिन्छ ।
४. अधिकांश नेपालीहरूले जानकारी नपाएकाे अर्काे विषयकाे रूपमा दूरी समेत रहेकाे छ । सामान्यतया सिलिण्डर र चुल्हाेकाे दूरी कम्तीमा २ मिटर हुनुपर्छ । यसबारे हामी विशेष सतर्क र सचेत रहनुपर्छ ।
५. ग्यास प्रयाेगकाे क्रममा झ्यालढाेकाहरू खुल्ला राख्नुपर्छ ।
६. खाना पकाउने क्रममा सुतीकाे कपडा वा एप्राेन लगाउनुपर्ने हुन्छ । यसले तत्कालै अागाे समात्दैन । तर नेपालीहरू यसमा पनि सचेत हुन सकेका छैनन् ।
७. भान्सामा सेफ्टी क्याप अनिवार्य राख्नुपर्ने हुन्छ । यदि ग्यास लिग भइहाल्याे भने यसलार्इ राेक्न सकिने एकमात्र महत्वपूर्ण उपाय भनेकाे यसकाे सेफ्टी क्याप नै हाे ।
८. ग्यास खरिद गर्दा सम्बन्धित कम्पनीकाे अाधिकारिक डिलरबाट मात्रै खरिद गर्नु जरूरी रहन्छ । किनकि अाधिकारिक डिलरहरू जिम्मेवार र सुरक्षासँग जानकार हुन्छन् ।
९. अधिकांश दुर्घटनामा मिति सकिएका अर्थात पुराना र कुच्चिएका सिलिण्डरहरू प्रयाेगबाटै भएकाे पाइन्छ । त्यसैकारण यसप्रति विशेष सतर्क रहनुपर्छ ।
ग्यास लिकेज भइहालेमा के गर्न सकिन्छ ?
१. ग्यासकाे गन्ध अाइरहेकाे छ भने ग्यास लिक भएकाे छ भन्ने बुझ्नुपर्छ । यस्ताे अवस्थामा पहिले रेगुलेटर बन्द गर्नुपर्छ । त्यसपछि चुल्हाे बन्द गर्नुपर्छ ।
२. अागाेकाे झिल्काे निस्कने कुनै पनि वस्तुहरू लिक भएकाे अवस्थामा नजिक राख्न वा बाल्नु हुँदैन ।
३. ग्यास लिक भइरहेकाे सिलिण्डरबाट रेगुलेटर छुटार्इ सेफ्टी क्याम्प लगाएर सिलिण्डरलार्इ खुल्ला ठाउँमा राख्नुुपर्छ ।
४. अाफुलार्इ जानकार वा अनुभव नभए तुरून्त तालिमप्राप्त व्यक्ति वा ग्यास डिलर वा उद्याेग वा सुरक्षाकर्मीलार्इ सम्पर्क गर्नुपर्छ ।
ग्यास बचतका उपायहरू पनि छन् ः
१. चुल्लाे बाल्नु पहिले पकाउने वस्तुहरू ठीक्क पार्नुपर्छ ।
२. खानेकुरा उम्लिन थालेपछि अाँच वा राप कम गर्नुपर्छ ।
३. गेडागुडि पकाउनुपूर्व भिजाएर राख्नुपर्छ ।
४. सकभर परिवारका सबै सदस्यहरूले एकैपटक खाना खानुपर्छ ।
५. खानेकुरा सकभर प्रेसरकुकरमा पकाउनुपर्छ ।
६. नियमित रूपमा चुल्हाे सफा राख्नुपर्छ ।
७. गुणस्तरीय रेगुलेटर, रबर पार्इप र चुल्हाे मात्रै प्रयाेग गर्नुपर्छ । यसकाे लागि गुणस्तर मापदण्डअनुसारकाे चिन्हयुक्त सामान हेर्नु जरूरी छ । नेपालमा उत्पादित सामानकाे निम्ति NS चिन्ह अङ्कित गरिएकाे हुन्छ भने अन्य देशका सामानहरूमा ISI तथा ISO चिन्ह उल्लेख गरिएकाे हुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij