२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोरियन भाषा परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा, ‘स्किल टेष्ट’ नलिइने

कोरियन भाषा परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा, ‘स्किल टेष्ट’ नलिइने


काठमाडौं । आठौं कोरियन भाषा परीक्षा उत्तीर्णको स्किल टेष्ट नलिइने भएको छ । उत्तीर्णको संख्या धेरै भएकाले स्किल टेष्ट नलिइने मानव संसाधन विकास (एचआरडी) कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ ।

यसअघिका वर्षमा भाषा परीक्षा पास गरेकाहरुको कोरियामा काम गर्नुपर्ने क्षेत्रका आधारमा सिप परीक्षण गरिन्थ्यो । स्किल टेष्टका आधारमा रोजगारदाताले कामदार छनौट गर्थे । स्किल टेष्ट नहुने भएपछि परीक्षामा बढि अंक प्राप्त गरेकालाई यो वर्ष प्राथमिकता दिइनेछ।

मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार यो वर्षको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तिर्ण भएका छन् । औद्योगिक क्षेत्रतर्फ ४ हजार ५३० र कृषि तथा पशुपालन क्षेत्रतर्फ ७ हजार ५७८ र जना उत्तीर्ण भएका हुन् । सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij