२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार १०८ जना उत्तीर्ण, हेर्नुस् रिजल्ट

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार १०८ जना उत्तीर्ण, हेर्नुस् रिजल्ट


काठमाडौँ । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ।

७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए।

इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्।

मिति २०७४ जेष्ठ २७ र २८ गते र परीक्षा केन्द्र २६ मा छुटेका परीक्षार्थीहरुको आषाढ २१ गते देखि २९ गते सम्म पुन: लिइएको आठौं कोरियन भाषा (EPS-TOPIK) परीक्षामा सहभागी भएका निम्न लिखित परीक्षार्थीहरु देहाय बमोजिम क्षेत्रका लागि उत्तिर्ण भएको ब्यहोरा HRD Korea बाट प्राप्त भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । भाषा परीक्षा उत्तिर्ण भएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम लगायतका कार्यहरुको बिस्तृत विवरण यस कार्यालयको वेवसाइटमा छिटै प्रकाशित गरिने छ । भाषा परीक्षा उत्तिर्ण ब्यक्तिहरुले रोजगार आवेदन फाराम(Job Application Form) भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने छ। साथै कुनै “क” बर्गको बैंकमा आफ्नै नाममा खाता खोलेको प्रमाण (चेकको प्रतिलिपी) एवं सम्बन्धित ब्यक्तिको ब्यक्तिगत ईमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नु पर्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएकोछ ।

पुनश्च: HRD Service of Korea को प्राप्त पत्रानुसार यस पटकको Skill Test नहुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

रिजल्ट हेर्नुस्
यदि तपाईँलाई आफ्नो रजिस्ट्रेसन नम्बर थाहा छ भने यहाँ क्लिक गरी सर्च गर्न सक्नुहुन्छ। अथवा तपाईँले आफ्नो नाम र थरबाट पनि खोज्न सक्नुहुन्छ। यसका लागि पहिले आफ्नो थर र त्यसपछि नाम टाइप गरी सर्च गर्नुस्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij