२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दुधकाेशी जलविद्युत अायाेजनाका संयाेजक जनकराज खनालकाे जीवनशैली र अायाेजनाकाे प्रगति विवरण

दुधकाेशी जलविद्युत अायाेजनाका संयाेजक जनकराज खनालकाे जीवनशैली र अायाेजनाकाे प्रगति विवरण

वि.सं. २०२५ मा बुबा स्व. लक्ष्मी प्रसाद खनाल र आमा स्व. देवमाया खनालको गर्भबाट लमजुङ जिल्लाको वेशीशहर नगरपालिका –४ पुरानोकोट किरिन्चे भन्ने ठाउँमा जन्मेका जनकराज खनाल हाल दुधकाेशी जलविद्युत अायाेजनामा जनसम्पर्क अधिकृतकाे भूमीकामा छन् । परिवारका कान्छो सदस्य रहेका बाल्यावस्था  देखि नै केही सक्रिय भूमीका निर्वाह गर्नमा केन्द्रित रहन्थे । त्यही सहि विचारकै कारण आज खनाल यो अवस्थासम्म आइपुग्न सफल भएको हुन सक्छ ।

जनकराज खनाल, जनसम्पर्क अधिकृत,  दुधकोशी जलविद्युत आयोजना प्रा.लि.

जनकराज खनाल एक जलविद्युतको क्षेत्रमा अत्यन्तै राम्रा र इमान्दार व्यक्तित्व हुन् । उनले नेपालमा एक दर्जन भन्दा बढी जलविद्युत अायाेजनामा काम गरिसकेकाछन् । उनले नेस प्रा.लि अन्तर्गत सोसियल र पब्लिक रिलेशन अफिसरको रुपमा अपर मर्स्याङ्दी (६ सय मेगावाट), अपार कर्णाली (९ सय मेगावाट), २१६ मेगावाटको अपर त्रिशुलीलगायतका दर्जनौं कम्पनीहरूमा प्रत्यक्ष काम गरी लामो अनुभव समेटेका छन् । यसैबीच अहिले २३० मेगावाट क्षमताको दुधकोशी-२ (जलेश्वर ) जलविद्युत् आयोजनामा खनालकाे प्रभावकारी भूमीका रहेकाे छ ।

बाल्यावस्था :
खनालले एस.एल.सी.सम्मको अध्ययन श्री सर्वोदय मावि दुराडाँडाबाट गर्नुभएको थियो । नेपाल ल क्याम्पसबाट आइएल र बीएल गर्नुभएका खनालले त्यसपछिको अध्ययन त्रि-चन्द्र बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नात्तकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको छ । खनालको परिवारमा उनकी धर्मपत्नी र दुइछोरा रहेकाछन् । हाल उनी काठमाणाैंको कपुरधारा सामाखुशीमा बस्दै आएकाछन् । खनाल नेपालका एक बहुआयामिक प्रतिभाशाली व्यक्तित्वको रुपमा आफूलाइ अग्रस्थानमा चिनाउन सफल एक त्यस्ता व्यक्ति हुन् । जसले मुलुकमा कन्सल्ट्यान्ट र जलविद्युतको माध्ययमबाट देशको आर्थिक उन्नतीको बाटोलाई बिगतको तीन दशकदेखी निरन्तर दिदैँ आउनु भएको छ । यस क्षेत्रलाई खनालले अध्ययनको साथसाथै सैद्दान्तिक र व्यावहारिक दुवै रुपमा दिगो रुपमा काम गर्ने अवसर पाएका छन् । खनालले एक इमान्दार स्वच्छ छवी भएका व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।

शुरुको अवस्थामा काठमाण्डौं प्रवेश गर्दा रोजगारको सवालमा २०४५–२०४६ सालतिर काष्ठमण्डप ट्रेनिङ कन्सल्ट भन्ने संस्थामा बिजुलीको पोल लगायतको निर्माण सामाग्रीहरु सप्लाइ गर्नुपर्दथ्यो । विभिन्न ठाउँमा गएर हरेक खालको टेन्डरका वस्तुहरु लगायतका विभिन्न ठाउँ जस्तै पोखरा, हेटौंडा, त्रिशुली, सुनकोशी लगायतका ठाउँहरुमा गएर सुक्षम रुपमा निर्माण लगायतका काम गरेका खनाल विभिन्न ट्रेनिङ कम्पनीहरुमा काम गर्दा–गर्दै २०५८ साल देखि नै नेपालको वरिष्ठ संविधानविद् तथा संसद माननीय राधेश्याम अधिकारीको स्वकीय सचिव भएर पनि मैले नेपाली समाजमा केही सिक्ने तथा उहाँको बहु–आयामिक प्रतिभाबाट समाजमा थोरै भएपनि मैले केही सिक्ने सुवर्ण अवसर पाएँ । स्वं. भीमबहादुर तामाङ दाईसँग पनि मैले लामो समयसम्म एकै घरमा बस्ने भएकोले धेरै राम्रा राजनीति विचारका राम्रा खालका सभ्य समाज निर्माण र देश विकासमा गर्नु पर्ने एउटा सचेत नागरिकको भूमीका सम्बन्धि पनि सिक्ने र बुझ्ने अवसर पाएका थिए । वातावरणीय कानून र समाजशास्त्रको क्षेत्रमा अत्यन्तै राम्रो ज्ञान रहेका खनालसँग यो क्षेत्रमा लामो अनुभव रहेको छ । २ सय ३० मेगावाट क्षमताको दूधकोशी दोस्रो जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरी प्रतिवेदन हालसालै मात्र सार्वजनिक गरिएको छ ।

सोलुखुम्बु जिल्लाको देउसा र जुबुको सीमामा बाँध र खोटाङको जलेश्वरी–४, देम्लीटारमा उक्त जलविद्युत आयोजनाको पावर हाउस रहनेछ । नेपालको इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रा.लि. र भारतको आरएस इन्भायरोलिंक टेक्नोलोजिज प्रा.लि.ले संयुक्त रुपमा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धि प्रतिवेदन तयार पारिएको हो । उक्त प्रतिवेदन सोलुखुम्बु जिल्लाको मुक्ली गा.वि.स.देउसा गा.वि.स. र जुवु गा.वि.स.को सीमाना पर्ने मुक्ली नि.मा.वि. स्देपुमा पूर्व–मन्त्री तथा सांसद बलबहादुर केसी, सांसद गोपाल गिरीको साथै स्थानिय राजनीतिक दलहरुको उपस्थितिमा उक्त जलविद्युत सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको थियो । खोटाङ जिल्लाको जलेश्वरी गा.वि.स. जलेश्वरीको देम्लीटारमा कार्यक्रम गरी प्रभावित क्षेत्रका स्थानीय, जिल्ला स्थित राजनीतिक दल, जिविस, वन कार्यालयका प्रतिनिधिहरुको राम्रो उपस्थितिको बीचमा उक्त कामको राम्रो गतिविधि र वस्तुस्थितिको बारेमा सार्वजनिक गरिएको थियो । खोटाङकाे जलेश्वेरी, महेश्वरी तथा सोलुखुम्बु जिल्लाको जुवु, देउसा, मुक्ली , काँगेल, पन्चन गाविस भित्र संरचना रहने जलविद्युत आयोजनालाई आवश्यक पर्ने नीति, नियम ऐन, कानुनी, कार्यविधि, निर्देशिका तथा मापदण्डको समीक्षा सहित प्रतिवेदन तयार गरिसकेको छ ।

जलविद्युतको क्षेत्रमा खनालकाे प्रवेशः–

नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेज (NESS) मार्फत सन् २००७ देखिन जनसम्पर्क तथा समाजशास्त्रीको रुपमा नेपालको जलविद्युत सम्बन्धि काम गर्ने अवसर मैले प्राप्त गरे । फलस्वरुप मैले शुरुमा हिमताल हाइड्रोपावर प्रा.लि. (GMR) को माथिल्लो मस्याङ्दी जलविद्युत आयोजना ६०० मेगावाट मा त्याहाँको प्रभावित स्थानिय बासिन्दाहरुलाई त्यस आयोजनाको बारेमा विस्तृत रुपमा जानकारी गराई दूई महिनामा नै स्थानीय बासिन्दाहरुको बीचमा सार्वजनिक सुनुवाई (कार्यक्रम वातावरणीय प्रभाव) मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको थियो । उक्त जलविद्युत निर्माण मनाङ जिल्ला र लमजुङ जिल्लामा पर्दछ । नेपालमा जाइका प्रोजेक्ट मार्फत पनि ठूला जलाशययुक्त आयोजनाहरुको प्रारम्भिक सर्वे दुधकोशी नदी खोटाङ जिल्ला, छेडागाँड नदी जाजरकोट जिल्ला लगायत अन्य धेरै ठाउँहरुको पनि मैले जलविद्युत र वातावरणीय क्षेत्रमा राम्रोसँगले काम गर्दै अाएका छन् ।

अपर कर्णाली ९०० मेगावाटको (GMP) प्रवद्र्धक रहेको आयोजनामा पनि उनले परामर्शदाता संंस्था मार्फत काम गर्ने अवसर पाएका थिए । साथै यसैको प्रशारण लाइनको अनुसन्धान तथा सर्वे लगायतका सामाजिक आर्थिक तथा वातावरणीय प्रतिवेदन तयार गर्ने कार्यमा समेत स्थलगत तथा स्थानीय बासिन्दाहरुसँग अन्र्तरक्रिया तथा समाजिक बैंठक, गोष्ठि, सेमिनारहरुमा उनले सहभागिता जनाएका थिए ।

त्यसपछि अपार त्रिशुली (२१६) रसुवा जिल्लामा पर्ने आयोजनाको पनि सामाजिक, आर्थिक, जैविक, वातावरणीय कामहलाई नजिकैबाट परामर्शदात संस्था मार्फत प्रत्यक्ष रुपमा संलग्न भई काम गरे । सुपर त्रिशुली (७५ मेगावाट) आयोजना रहेको गोर्खा जिल्लाको मकैसिंहमा पर्ने आयोजनाको पनि सम्पूर्ण वातावरणीय प्रतिवेदनको शिलशिलामा स्थलगत तथा प्रतिवेदन तयार सम्बन्धि कार्यमा सहभागी हुँदै वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रमा मैले राम्रोसँगले काम गर्ने अवसर पाएँ । हाम्रो राष्ट्रिय गौैरवको आयोजनाले नामले चिनिने गोर्खा जिल्ला र धादिङ जिल्लाको बीचमा पर्ने बुढिगण्डकी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने लगायत सामाजिक कार्यहरुमा पनि सहभागिता जनाइसकेका छन् ।

अायाेजनाकाे संरचना ः

खनाल कार्यरत रहेको दुधकोशी जलविद्युत आयोजना (२३० मेगावाट) सोलुखुम्वु जिल्लाको दुधकौशिका गाउँपालिका र खोटाङ जिल्लाको एैसेलुखर्क गाउँपालिका वडा नं. ४ को वतासे भन्ने ठाउँमा भूमिगत विद्युत गृह रहनेछ । यस जलविद्युत निर्माण गर्नको लागि लगानीकर्ताहरुमा भारतीय कम्पनी दुधकोशी हाइड्रोपावर कम्पनी प्रा. लि. रहेको छ । यो आयोजना निर्माण गर्न लाग्ने कुल लागत करिब ३५ अर्ब बराबरको रहेको कुरा पनि खनाल बताउनुछन् । यो आयोजना २०१७ सम्म निर्माण चरणमा जाने भनिएतापनि विभिन्न किसिमका सरकारी नीति-नियम र स्थानीयस्तरबाट आइपर्ने हरेक खालका प्राविधिक स साना समस्याहरुको कारण केही समय पछि सार्न सकिने अनुमान उक्त कम्पनीको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij