
काठमाडौं । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ । रोनाल्डोले नेइमारलाई बार्सिलोना ठूलो क्लब रहेकाले त्यो भन्दा सानो क्लबमा नजान सुझाव दिएको खबर छ ।
रोनाल्डो र नेइमारलाई नाइकले स्पोन्सर गरेकाले यी दुईबिच राम्रो मित्रता छ । रोनाल्डोले नेइमारलाई बार्सिलोना नछोड्न सुझाव दिँदै म्यासेज पठाएको खबरमा उल्लेख गरिएको छ ।
नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी जाने तयारीमा रहेका छन् ।
पिएसजीले नेइमारलाई १९ करोड ६० लाख पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याउन लागेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij