२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बार्षिकोत्सवको अवसरमा कपन बानेश्वर साहित्यिक पत्रिकाको सम्मान कार्यक्रम

बार्षिकोत्सवको अवसरमा कपन बानेश्वर साहित्यिक पत्रिकाको सम्मान कार्यक्रम

छैठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा‘कपन बानेश्वर’ साहित्यिक साप्ताहिक पत्रिकाले सम्मान तथा पुरस्कार वितरण गरि आफ्नो वार्षिकोत्सव मनाएको छ । सो पत्रिकाले विभिन्न साहित्यकारहरुको उपस्थितिमा गत शनिबार रत्नराज्य स्कुलमा वर्षभरि रचना, कविता, समाचार आदि पठाउने उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रचना पठाउनुहुने महिला, पुरुष, मोफसल, बाल गरी चार विधालाई पुरस्कृत गरिएको थियो भने समाचारतर्फका एउटालाई सम्मान गरिएको थियो ।
पुरुष रचनातर्फ चार्ली डेल्टा बराल, रमेश पोखरेल, मोफसलतर्फ सदानन्द अभागी, महिलातर्फ अनिता भण्डारी पौडेल, बाल रचनातर्फ रिलायन्स स्कुलकी कृपा बोगटीलाई सम्मानका साथै पुरस्कृत गरिएको थियो । त्यस्तै कपन बानेश्वर साहित्यिक पत्रिकाको पहिलो संरक्षक सदस्य वरिष्ठ कलाकार÷चरा विज्ञ÷साहित्यकार हेम पौडेललाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा.वासुदेव त्रिपाठी तत्कालै अस्वस्थताको कारणले उपस्थित हुन सक्नुभएन ।
कार्यक्रमको सभापति कपन बानेश्वर साहित्यिक पत्रिकाका सल्लाहकार÷वरिष्ठ उपन्यासकार शंकर भारती रहनुभएको थियो । त्यस्तै वरिष्ठ कवि÷समालोचक डा.रामप्रसाद ज्ञवाली, रत्नराज्य स्कुलकी प्रधानाध्यापक तथा साहित्यकार प्रा.डा.गिता खरेल, लघुकथा समाजका अध्यक्ष तथा मधुपर्कका प्रधान सम्पादक ओम श्रेष्ठ, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्त, वरिष्ठ संगीतकार विजयसिंह मुनाल, योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेल लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरु बाबुराम पौडेल, प्रेम ओली, रामचन्द्र दाहाल, कृष्ण आचार्य, पिताम्बर भण्डारी, सहयोगी सिर्जन माथेमा लगायतको आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij